-1714747923.jpg)
काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेल्न जाने टोलीका लागि बिदाइ कार्यक्रमको आयोजना गरेको हो ।
बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहित सहभागी थिए ।
कार्यक्रममा राष्ट्रिय टिमका पूर्व खेलाडीहरूसहित बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने पनि आएका थिए । उनी मुद्दाकै कारण विश्वकप खेल्ने टोलीमा परेका छैनन् ।
क्यानले गएको बुधबार मात्र टी–२० विश्वकप खेल्न नेपाली टोलीको घोषणा गरेको थियो ।
टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी