खेल
-1714550463.jpg)
काठमाडौं । तेस्रो ट्वान्टी–२० खेलमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको खेल भइरहेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको छ ।
जारी खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले कप्तान रोहितकुमार पौडेललाई राखेका छैनन् । दीपेन्द्रसिंह ऐरीले नेपाली टिमको कप्तानी सम्हालिरहेका छन् ।
पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले हराएको थियो । पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ १३:४८
प्रतिक्रिया दिनुहोस्