site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
महिनौँपछि देखा परे ज्याक मा, तर छन् कहाँ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । अलिबाबा काम्पनीका संस्थापक ज्याक मा अक्टोबरमा चिनियाँ सरकारले उनको व्यवसायमामथि अनुसन्धान थालेदेखि बुधबार पहिलोपटक सार्वजानिक रुपमा देखापरेका छन् । कम्पनीमाथि बढ्दो आधिकारिक जाँचपश्चात् उनको लामो अनुपस्थितिले विभिन्न किसिमका शंका उत्पन्न गराएको थियो ।

तर, बुधबार उनले चीनका ग्रामीण क्षेत्रमा काम गर्र्ने १०० जना शिक्षकहरुसँग भिडियोमार्फत बैठक बसेको त्यहाँको सरकारी मिडियाले जनाएको छ । यो समाचार बाहिरिएसँगै हङकङस्थित उनको कम्पनीको शेयर मूल्य ११ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलेदेखि नै चयारिटीका काममा सक्रिय रहँदै आएका माले यसैसम्बन्धी वार्षिक कार्यक्रमअन्तर्गत शिक्षकहरुसँग कुराकानी गरेका हुन् । सान्या सहरको रिसोर्टमा सञ्चालन हुने गरेको सो समारोह कोभिडका कारण अनलाइन गर्नुपरेको थियो । त्यसमा उनले भनेका छन्, “कोरोना महामारीपछि हामीले सबैलाई सान्याको भ्रमण गराउन समय मिलाउनेछौँ ।”

५० सेकेन्डको उक्त भिडियोमा उनी नीलो रङको कपडामा देखिएका छन् र क्यामेरामा सिधै हेरेर कुरा गरेका हुन् । उनी बसेको कोठाको भित्ता मार्बलले छापिएको देख्न सकिन्छ । तर, अझै पनि उनले कहाँ कुन ठाउँबाट बसेर बोलिरहेका थिए भन्ने स्पष्ट जानकारी प्राप्त नभएको बताइएको छ ।

Global Ime bank

गत महिना चीनको केन्द्रीय बैंकले एन्ट ग्रुपको सञ्चालनसम्बन्धी छानबिन गरेको थियो । एन्ट ग्रुप चीनको सबैभन्दा ठूलो भुक्तानी सेवा प्रदायक कम्पनी हो र त्यसको अधिकतम सेयर ज्याक माको नाममा रहेको छ । त्यसबाहेक अर्को छुट्टै घटनामा चीनको बजार निरीक्षण विभागले पनि अलिबाबामाथि एकाधिकार बजार निर्माण गर्न खोजेको आरोप लगाई अनुसन्धान थालेको छ ।

केही समयअगाडि निर्णायकका रुपमा रहँदै आएका टेलिभिजन कार्यक्रममा ज्याकमा अनुपस्थित भएपछि नै उनी हराएको चर्चा सुरु भएको हो । यसबारे अलिबाबाले उनी व्यस्त तालिकाका कारण कार्यक्रममा सहभागी हुन नसकेको बताइरहे पनि विभिन्न मिडिया रिपोर्टहरुमा भने उनले अक्टोबरमा सांघाईको एक सार्वजानिक समारोहमा चीनको बैंकिङ प्रणालीसम्बन्धी आलोचनात्मक अभिव्यक्ति दिएदेखि हराएको भनेर उल्लेख गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC