site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थतन्त्र कमजोर हुँदा सेयर बजार घट्नै पर्ने हो र ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०१९ को अन्तिमतिर चीनबाट सुरु हुँदै विश्वभर फैलिएको कारोना भाइरसले अहिले विश्व अर्थतन्त्र नै प्रभावित छ । सन् २०२० मा विश्व अर्थतन्त्रले सन् २००८ को आर्थिक मन्दीपछिकै सबैभन्दा खराब समय पार गर्नुपर्‍यो ।

सन् २०२० मा विश्व अर्थतन्त्र ४.९ प्रतिशतले खुम्चिएको अनुमान गरिएकोमा विश्व बैंकले सन् २०२१ मा ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

कोभिडले विश्व अर्थतन्त्र मात्रै थला पारेन, त्यसबाट नेपालको अर्थतन्त्र पनि अछुतो रहन सकेन । लगातार उच्च आर्थिक वृद्धि हासिल गरिरहेको नेपालको अर्थतन्त्र गत आर्थिक वर्षमा २.३ प्रतिशतले मात्रै विस्तार भएको अनुमान छ । चालु आवमा पनि सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । दोस्रो त्रैमाससम्मको तथ्यांक हेर्दा सकारको लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल नहुने स्थिति सिर्जना भइसकेको दाबी अर्थविद्को छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अब कुरा गरौँ, अर्थतन्त्रको सूचक सेयरबजारको ।

अर्थतन्त्र खुम्चेर सानो बनेका बेला विश्वभरका सेयर बजारमा उत्साह देखिएको छ । स्टक मार्केटहरुमा भने बुल ट्रेन्ड देखिएको छ । आर्थिक पावरहाउस अमेरिकासँगै भारतको स्टक मार्केट अहिले उच्च बिन्दुमा छन् । चीनको स्टक मार्केट २०१५ पछिको सर्वाधिक बिन्दुमा छ भने जापानको १९९० पछिको सबैभन्दा माथिल्लो स्थितिमा छ । कोभिड महामारीमासमेत विश्वभरका स्टक मार्केटमा देखिएको बुललाई अर्थशास्त्रीले नियालिरहेका छन् ।

Global Ime bank

नेपालमा पनि नेप्से परिसूचकले दिनानुदिन ‘अल टाइम हाइ’को रेकर्ड बनाइरहेको छ । विज्ञ भने स्टक मार्केटमा आएको बुललाई अर्थतन्त्रको सुदृढ अवस्था भन्न नमिल्ने बताउँछन् । आर्थिक गतिवधि, बजेट खर्च, राजस्व परिचालन, विकास निर्माण कार्य अझै पुरानो अवस्थामा नफर्किंदा सेयर बजारको लगानी लगानीकर्तामा आएको कन्फिडेन्सले हो भन्ने ठाउँ पनि छैन ।

कुन स्टक एक्सचेन्ज कति विन्दुमा छन् त ?

चीनको साङ्घाई स्टक एक्चेञ्जको सूचक अहिले २०१५ पछिकै उच्च बिन्दुमा छ । २९ जनवरी, २०१५ मा ५१७९ अंकसम्म पुगेको उक्त इन्डेक्स कोभिडको प्रभाव मध्य हुँदा अर्थात् २०२० को मार्चमा २६३७.८४ अंकसम्म झरेको थियो । १३ जनवरी, २०२१ को तथ्यांकले उक्त इन्डेक्स ३६१८ अंकसम्म पुगेको देखाउँछ ।

अमेरिकाको न्युयोर्क स्टक एक्स्चेन्जको सूचक सन् २०२० मार्चमा ९ हजार अंकसम्म झरेकोमा सन् २०२१, जनवरी ३ मा १४ हजार ९६६ अंकसम्म पुगेको छ । जुन अहिलेसम्मकै उच्च बिन्दु हो । सन् २०२० फेब्रुअरीमा उक्त इन्डेक्स १४ हजारको बिन्दुमा थियो ।

सन् २०२० को जनवरीमा २४ हजारको वरिपरि रहेको जापानको निक्की इन्डेक्स कोभिडको प्रभाव बढ्दै जाँदा सन् २०२० को मार्चमा १६ हजारसम्म झरेको थियो । तर, मार्चपछि लगातार रुपमा बढ्दै गएकामा २०२०, जनवरी १४ मा २८ हजार ९२९ को बिन्दुमा पुगेको छ ।

यस्तै, भारतको मुम्बई स्टक एक्सचेञ्च (सेन्सेक्स) पनि अहिले ५० हजार अंकको बिन्दु नजिक छ । यो बिन्दु ऐतिहासिक उच्च हो । कोभिडको प्रभाव सुरु हुनुअघि २२ फेब्रुअरी, २०२० मा सेन्सेक्स ४२ हजार १०५ अंकमा थियो । कोभिड प्रभाव बढेपछि अर्थात् २०२० मार्च २३ मा सेन्सेक्स २५ हजार ४३८ अंकसम्म झर्यो । त्यसपछि बढ्न सुरु भएकामा सेन्सेक्स २०२१, जनवरी १३ मा ४९ हजार ७३६ अंकमा आइपुगेको छ । जुन आफैंमा ‘अल टाइम हाई’ हो ।

हङकङ स्टक एक्सचेन्ज (एचएसआई) पनि २०२० जनवरी पछिकै उच्च बिन्दुमा छ । २०२० जनवरीमा २९ हजार अंकभन्दा बढी रहेकोमा एचएसई मार्चमा २१ हजारसम्म झरेको थियो । तर, अहिले लगातार रुपमा बढेर उक्त इन्डेक्स २८ हजार माथि पुगेको छ ।

बेलायतको युके स्टक मार्केट इन्डेक्स (युकेएक्स) पनि अहिले लगातार बढिरहेको छ । सन् २०२० को फेब्रुअरीमा ७ हजार अंकभन्दा माथि रहेको उक्त इन्डेक्स मार्चमा ४७०० अंकसम्म झरेको थियो । २०२१ को जनवरीमा उक्त इन्डेक्स बढेर पुनः ७ हजारको नजिक पुगेको छ ।

 

 

के भन्छन् त विश्वभरको दृष्टान्तलाई नियालीरहेका नेपाली सेयर विज्ञ ?

उल्लेखित तथ्यांकले अहिले नेपालको मात्रै नभएर विश्वकै सेयर बजार बढ्दो प्रवृत्तिमा देखिन्छ । यस्तोमा नेपाली सेयर विश्लेषक डा. गोपाल भट्टको बुझाइ केही फरक छ । उनी अर्थतन्त्र खुम्चँदा स्टक मार्केटमा सोही ट्रेन्ड देखिनुपर्छ भन्ने मान्न तयार छैनन् ।

के भन्छन् भट्ट ? उनकै भाषामा पढौंः

पउल क्रगम्यान भन्ने एकजना अर्थशास्त्री छन् । उनले आफ्नो ‘क्र्यासिङ इकोनामी, राइजिङ स्टकः ह्वाट्स गोइङ अन ?’ अर्थात् ‘अर्थतन्त्र क्र्यास भइरहेको छ तर स्टक मार्केट बढीरहेको छ, किन ? नामक लेखमा उत्तर खोज्ने प्रयत्न गरेका छन् ।

लेखमा उनले स्टक मूल्यको अर्थतन्त्रमा निहित अर्थ के हुन्छ भनेर स्पस्ट पार्न खोजेका छन् । मूल्य र आर्थिक परिसूचक बीचमा भएको सम्बन्धलाई उनी तीनवटा विषयमा याद गर्न प्रेरित गर्छन् ।

पहिलो, ‘स्टक मार्केट अर्थतन्त्र होइन’

दोस्रो, ‘स्टक मार्केट अर्थतन्त्र होइन’

तेस्रो, ‘स्टक मार्केट अर्थतन्त्र होइन’

हामी स्टक मार्केटलाई अर्थतन्त्रको लिडिङ इन्डिकेटर हो वा होइन भन्ने जवाफ खोजिरहेकामा अर्थशास्त्री भने ‘होइन’ भन्ने जवाफ दिन्छन् । उनको भनाइलाई आधार मान्दा  नेपालको वा विश्वको स्टक मार्केट र अर्थतन्त्र कुन दिशामा गइरहेको छ ? यसको अन्तरसम्बन्ध खोज्नुपर्ने देखिएको छ । अर्थात्, अर्थतन्त्र खुम्चँदा सेयर बजार पनि खुम्चनु पर्ने हो कि होइन ? भन्ने प्रश्नको जवाफ ।

यस विषयमा विभिन्न अध्ययन भएका छन् । मैले पनि नेपालको अर्थतन्त्रमा स्टक मार्केटको रिलेसन के छ ? भनेर अध्ययनको जमर्को गरें । मेरो अध्ययनले नेपालको अर्थतन्त्र र स्टक मूल्यको सम्बन्ध ०.०२ प्रतिशत मात्रै रहेको पाएँ । रियल स्टक रिर्टन र रियल जीडीपी ग्रोथ बीचको सम्बन्ध नगन्य रहेछ ।
यसले नेपालमा अर्थतन्त्र र स्टक मार्केट इन्टिग्रेटेड नभइसकेको देखाउँछ । अहिले नेपालको स्टक मार्केट हेरेर अर्थतन्त्रको वियमा भन्न सकिँदैन र अर्थतन्त्र हेरेर स्टक मार्केटको विषयमा भन्न मिल्दैन । यति कुरा सबैले बुझ्नुपर्छ ।

अर्थतन्त्रको वृद्धिदर ऋणात्मक भयो, स्टक मार्केटमा पनि सोही अनरुप देखिनुपर्छ भन्ने मान्यता विश्वमा छैन ।

अमेरिकाको कुरा गर्दा सुरुका दिनमा स्टक मार्केट र अर्थतन्त्र बीच रिलेसन रहेको मानिन्थ्यो । तर, सन् २००० पछिको रिसर्चहरुले उनीहरुको पनि स्टक मार्केट र अर्थतन्त्रमा अन्तरसम्बध नभएको देखिएको छ, यसबीचका ३ वटा संकटलाई आधार मान्दा ।

सन् २००० मा अमेरिकामा टेक्नोलोजी कम्पनीहरुको स्टक मूल्य सुरुमा ह्वातै बढ्यो, लगत्तै गिरावट आयो । यो संकटलाई ‘डटकम क्राइसिस’ भनियो । त्यतिबेलाको उच्च बिन्दु २४ मार्च, २००० मा देखिएको थियो । अर्को हो सन् २००७ को ‘सब प्राइम क्राइसिस’ । त्यो बेला अर्थात् अक्टोबर ९, २००७ मा परिसूचक उच्च बिन्दुमा पुगेको थियो । त्यसपछि  पछिल्लो कोभिड १९ को संकटमा अमेरिकी धितोपत्र बजारमा रेकर्ड नै बन्यो ।

सन् २००० पछि आएका संकटमध्ये डटकम क्राइसिसका बेला स्टक मूल्य एकतिहाई घट्न डेढ वर्ष लागेकामा सब प्राइम क्राइसिसका बेला १ वर्ष लागेको थियो । कोभिड परिवेशमा यो अवधी १ महिनामात्र थियो ।

नेपालको दृष्टान्त पनि यस्तै छ र यस्तै कम समयमा यहाँको सेयर बजार परिसूचक नेप्सेले पुरानो बिन्दुलाई छिचोल्दै हरेक दिन ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी छ ।

के भन्छ अध्ययन ?

लगानीकर्तामा देखिएका ४ प्रकारका मनोविज्ञानले गर्दा कोभिड महामारीमा जोखिम महसुस नगरेको निष्कर्ष विश्लेषकको छ । अमेरिकामा भएको एक अध्ययनमा ४० देशका मनोवृत्ति समावेश छ । वित्तीय विश्लेषकद्वय गर्थर क्यापिल–ब्यांकार्ड र एड्रियन डेस्रोजियर्सले गरेको ‘द स्टक मार्केट एन्ड द इकोनोमीः इन्साइट्स फ्रम द कोभिड १९ क्राइसिस’ भन्ने अध्ययन प्रतिवेदनमा लगानीकर्ताको ४ मनोविज्ञान औंल्याइएको छः

१. सुरुमा अर्थात् २१ फेब्रुअरी, २०२० सम्म कोभिड महामारीलाई धितोपत्र बजारले कुनै प्रतिक्रिया दिएन । पछि जतिबेला कोभिडले युरोपलाई केन्द्रबिन्द् बनायो, अर्थात् २३ फेब्रुअरी देखि २० मार्च, २०२० सम्म महामारीलाई बजारले बलियो प्रतिक्रिया जनायो । बजारमा  उतारचढाव आउनेक्रम बढ्यो ।
हरेक देशका केन्द्रिय बैंकले बजारमा हस्तक्षेप गर्न थाले । बजारमा केन्द्रिय बैंकको पनि प्रवेश भयो, सरकार चनाखो भयो । यसले गर्दा अब ठुलो स्वास्थ्य संकट हुँदैन भन्ने स्टक मार्केटले अनुमान गर्यो र पुरानै स्थितिमा फर्कन थाल्यो । रिबाउन्ड हुन सुरु गर्यो । जुन रिसर्चले पहिलो कारणको रुपमा औंल्याएको छ ।

२. हरेक देशको विशेष प्रवृत्ति छ । कोभिडले हरेक देशको अनुसार धितोपत्र बजारमा एउटै किसिमको प्रभाव परेन । कुनै देशमा कम र कुनैमा बढी पारेको थियो ।
हरेक देशको आफ्नै विशेषता अनुसार बजारलाई प्रभाव पारेको हुनाले प्रतिक्रिया राम्रो भयो । जस्तो कि नेपालमा केही समय सेयर कारोबार बन्द गरियो । कुनै देशले कर्जाको ब्याजदर, कुनै देशले लगानीकर्ताको सम्पत्तिलाई महत्व दिए । फरक देशले आफ्नै फरक गुण विकास गरेकाले पनि बजारले महामारीलाई कडा प्रतिक्रिया दिएन ।

३. लगानीकर्ताहरु छिमेकी देशमा कोभिड १९ को संक्रमण दर कति छ र कति प्रभावकारी भएर आएको छ, त्यसलाई नियालीरहे । र, छिमेकी देशको रोकथाम उपायलाई विश्लेषण गरिरहे ।

४. कोभिड १९ ले स्टक मार्केटमा जुन जोखिम थियो, त्यसलाई न्युनिकरण गर्न सरकारले  क्रेडिट सुविधा, ग्यारेन्टी दिए, ब्याजदर घटाए । प्रायः देशमा यस्तो गरिँदा धितोपत्रमा गरिने लगानीमा जोखिम कम भएको महसुस लगानीकर्ताले गरे ।

नेपालको सेयर बजारबारे भट्टको विश्लेषण

नेपालको सेयर बजारको अवस्था पनि उक्त अध्ययनसँग मिल्छ । हाम्रो बजार बढ्नुमा २÷३ कारण छन् ।

बजारमा तरलता बढिरहेको छ, बैंकहरुसँग पनि प्रशस्त लगानीयोग्य रकम छ । अधिक तरलताको अर्थ सबैको हातमा पैसा रहेको बुझिन्छ । यस्तोमा लगानीका अन्य अवसरहरु छैनन् ।

आफूले गरेको अध्ययनबारे भट्ट सुनाउँछन् । “गाउँ–गाउँ, घर– घर, बच्चा–बच्चा र गृहिणीसमेत सेयर बजारप्रति आकर्षित भएको मेरो रिसर्चमा पनि उल्लेख छ,” उनी भन्छन्, “पहिले श्रीमानले मात्रै लगानी गर्थे भने अहिले श्रीमती, छोराछोरी समेत सेयर बजार प्रति आकर्षित भएका छन् । हातैपिच्छे सेयरको माग बढेको छ । कारण हो, नेपालीहरुसँग पैसा छ तर लगानीको अवसर छैन । ब्याजदर घटेको छ । बैंकमा पैसा किन राख्नु ? ”

बैंकहरु पनि न्यून ब्याजदरमा कर्जा अफर गरिरहेका छन् । माग्न जानेलाई मात्र होइन, नजानेलाइ पनि आउ भनिरहेका छन् । यसले सेयरको माग बढाइरहेको दाबी भट्टको छ । सेयरको माग बढाउने पैसाको फाइनान्सिङ बैंकले गरिरहेका छन् । इन्भेस्मेन्ट कम्पनी खुलिरहेका छन्, तिनीहरुले डिमान्ड गरिरहेको भट्ट बताउँछन् ।

नेपालको सेयर बजारमा ६ महिना अगाडि सेयर किन्नेले औसतमा ६० प्रतिशत रिर्टन पाएको तथ्यांक भट्टको छ । यो प्रतिफल बैंकमा निक्षेप राख्नुभन्दा बढी हो । जबकि बैंकमा निक्षेप राख्दा वार्षिक ६ प्रतिशतमा ब्याज पाइन्छ ।

पछिल्लो ६ महिनामा अमेरिकामा पनि मासिक औसत रिर्टन २.३ प्रतिशत देखिएको छ । यो १५ जुलाई २०२० देखि ६ जनवरी २०२१ को हो । यतिबेलाको निक्षेपको भारित औसत ब्याजदर वार्षिक ६ प्रतिशत अर्थात् मासिक ०.५ प्रतिशत रहेको भट्टको अनुभवले भन्छ । “मासिक १० प्रतिशत रिटर्न पाइन्छ भने निक्षेपको ०.५ प्रतिशत रिर्टनमा लगानी गर्न को जान्छ ?” उनको प्रश्न छ ।

लगानीको आकर्षण भनेको रिटर्न नै हो । नेपालको परिप्रेक्ष्यमा अहिले अरु कुनै कारण छैन । अहिले सबैभन्दा सहज ठुला इन्भेस्टरलाई छ, उनीहरुलाई बैंकले सजिलै फाइनान्स गरिदिन्छ । नेपालको बजारमा इकोनोमिक फन्डामेन्टल हेर्ने खालका सचेत लगानीकर्ताको कमी रहेको भट्ट औंल्याउँछन् । अधिक तरलता, न्युन ब्याजदर र लगानीकर्ताको मनोविज्ञान नेपाल बजार बुल हुनुको कारण रहेको उनी दाबी गर्छन् ।

भट्टले भनेझैँ बजारमा लगानीकर्ताको मनोविज्ञानले ठूलो भुमिका खेल्छ । नेपालको स्टक मार्केट धेरै क्र्यास हुँदो रहेनछ भन्ने कुराको अनुभव सन् १९९५ देखि लगानी गरिरहेकालाई  छन् । यहाँ आवधिक तलमाथि आइरहन्छ । तर, एकदम तल पुगेर लगानी डुब्ने जोखिम नभएको लगानीकर्ताले अनुभव गरिसके ।

अर्कोतर्फ मार्केट नियमन भइसकेको छ । पोलिसि मेकर अदुरदर्शी भयो भने मात्र जोखिम हुने हो, अहिले त्यस्तो अवस्ता छैन ।

यसअघि हरेक अर्थमन्त्रीको मापन पहिले कति विदेशी ऋण लियो ? कति राजस्व उठायो ? भन्ने आधारमा मापन गरिन्थ्यो । अहिले अर्थमन्त्रीको उपलब्धी नै सेयर बजार परिसूचकका आधारमा मापन गरिन्छ । अन्य परिसूचक मापनका लागि समय लाग्ने र यो दिनदिनै मापन हुने भएर पनि हो । भट्टको बुझाइमा सेयर बजारलाई जिस्क्याउने नहुने बामपन्थी राजनीति गरेका अर्थमन्त्रीलाई भइसकेको हुनुपर्छ ।  उनले भने, “अब जो कोही अर्थमन्त्री आएपनि सेयर बजारलाई ख्यालख्याल लिँदैनन् भन्ने विश्वास लगानीकर्ताको छ । यसो हुँदा बजार धेरै तल जाँदैन । यो मनोविज्ञानले लगानी बढाइरहेको छ ।”


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement