खेल
काठमाडौं । प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।
आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
लिभरपुलको मैदानमा भएको खेल दुबै टोलीको लागि महत्त्वपूर्ण रहेको थियो । युनाइटेडका प्रशिक्षक गुनर सोल्सायरले आफ्नो टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको बताएका थिए ।
खेलका युनाइटेडले धेरै राम्रा अवसरहरु पाएको थियो । बराबरीसँगै लिग लिडर युनाइटेडले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । युनाइटेडले १८ खेलमा ३७ अंक जोडेको छ ।
यता, लिभरपुलले ३४ अंक जोडेको छ । लिभरपुल अंक तालिकाको तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७ ०८:४२
प्रतिक्रिया दिनुहोस्