site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इन्डोनेसियामा बेपत्ता विमानको दुर्घटनास्थल पत्ता लाग्यो  
Sarbottam CementSarbottam Cement

बीबीसी । इन्डोनेसियन अधिकारीहरुले बताए अनुसार शनिबार राजधानी जकार्ताबाट अवतरण गरेको केही समयमै बेपत्ता बोइङ ७३७ यात्रुबाहक विमानको दुर्घटनास्थल पत्ता लागेको छ । उक्त श्रीविजया विमानले ६२ जना मानिस सवार थिए र पश्चिमी प्रान्तका लागि उडेको चार मिनेटमै विमान रेडरबाट हराएको थियो । 

यस्तोमा हिजोदेखि नै निजकी सुमद्री क्षेत्रमा दश भन्दा बढी जहाजहरु यसको खोजीका लागि तैनाथ गरिएको हो । अनुसन्धानकर्ताहरुले समुद्रमा फेला परेका केही वस्तुहरु सम्भावित रुपमा जहाजको भग्नावशेश भएको विश्वास गरेका छन् र त्यसको अध्ययन गरिरहेका छन् । मध्यरातमा उद्धार तथा खोजीको कार्य स्थगित गरिए पनि आइतबार बिहानदेखि पुनः जारी गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इन्डोनेशियाको राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार विमानले उडानपछि कुनै पनि शंकास्पद सन्देश पठाएको थिएन जुन एक मिनेटमै ३ हजार मिटर तल खसेको हुन सक्ने अनुमान गरिएको छ । 

केही स्थानीयहरुले विस्फोटको आवाज सुनेको बताएका हुनाले पनि विमान दुर्घटना भएको स्थल त्यहीँ वरपर रहेको शंका गरिएको छ । नजिकै माछा मारिरहेका एक वासिन्दा, सोहिलिनले बीबीसीसँग भनेका छन्, “विमान एकै झट्कामा विजुली जसरी समुद्रमा खस्यो अनि पानीमा विस्फोट भयो । हामी त्यसको धेरै नजिकै थियौँ जसकारण विमानका केही हिस्सा झन्डै हाम्रो जहाजसम्म आइपुग्यो । ” त्यस्तै नजिकैको टापुका अन्य स्थानीयहरुले पनि विभिन्न वस्तु फेला पारेको खबर गरेका छन् जुन विमानको शेष हुन सक्ने बताइएको छ । 

Global Ime bank

विमानमा सवार ५० यात्रुमा सातजना बालबालिका, तीन शिशु र १२ विमानका कर्मचारीहरु रहेको बताइएको छ । विमानको असली क्षमता चाहिँ १३० यात्रुसम्मको रहेको थियो । यस्तोमा ती यात्रुहरुका आफन्त र परिवारजन यतिबेला विमानस्थलमै चिन्तित स्थितिमा पर्खिरहेका छन् । संचारकर्मीहरुसँग रुँदै एक व्यक्तिले भनेका हुन्, “विमानमा मेरा चारजना परिवार सवार थिए, मेरी पत्नी र तीन छोराछोरी । मेरी पत्नीले आज मात्र मलाई छोराछोरीको तस्बिर पठाएकी थिइन् । मेरो मुटु अहिले टुक्राटुक्रा भएको छ ।” 

बोइङ ७३७–५०० मोडेलको यो विमान २६ वर्ष पुरानो भएपनि अहिलेसम्म राम्रै अवस्थामा रहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC