site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मोडेर्नाको खोपले भाइरसविरुद्ध केही वर्षसम्म सुरक्षा दिलाउन सक्ने 
Sarbottam CementSarbottam Cement

रोयटर्स । अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले विकास गरेको कोरोनाविरुद्धको खोपले केही वर्षसम्मै भाइरसविरुद्ध सुरक्षा दिलाउन सक्ने प्रमुख कार्यकारीले बताएकी छन् । यसबारे शतप्रतिशत सुनिश्चित गर्न थप डाटा आवश्यक भए पनि अहिलेसम्मका अध्ययन र रिसर्चका आधारमा उनले यसको प्रबल सम्भावना रहेको उनले बताएकी हुन् ।

मोडेर्नाले गत बुधबार मात्र युरोपेली कमिसनबाट प्रयोगका लागि स्वीकृति प्राप्त गरेको थियो । कुनै पनि नयाँ रोगको खोप विकास गर्न सामान्यतया वर्षौँ लाग्ने गर्दछ, जसकारण पनि छोटो समयमा निर्माण भएका कोरोनाविरुद्धका खोपहरुबारे वैज्ञानिकहरुले अझै धेरै प्रश्नको जवाफ दिन सकिरहेका छैनन् । जस्तै, हालसम्म स्वीकृत भएका सबै खोपहरुले कति समयसम्म भाइरसविरुद्ध सुरक्षा दिलाउन सक्नेछन् भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैसम्बन्धी मोडेर्नाकी सीईओ स्टेफनी बेन्सेलले एक कार्यक्रममा भनेकी हुन्, “खोपले उत्पत्ति गराउने एन्टिबडिज हाम्रो शरीरबाट एकदमै विस्तारै हराउनेछ । र, हाम्रो विश्वासमा यसले सम्भावित केही वर्षसम्मै सुरक्षा दिलाउन सक्नेछ ।”

उनले यसैमा थप्दै, बेलायत र अफ्रिकामा देखा परिरहेको नयाँ प्रकारको कोरोनाभाइरसविरुद्ध पनि खोप प्रभावकारी रहेको पुष्टि गर्न कम्पनीले तयारी गरिरहेको बताएकी हुन् । स्वास्थ्यविद्हरुले पनि अहिले निर्मित खोप नयाँ किसिमको भाइरसविरुद्ध उत्तिकै प्रभावकारीरुपमा काम गर्ने बताउँदै आएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC