site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषद्का सदस्यलाई कोरोनाविरुद्धको खोप
Sarbottam CementSarbottam Cement

जग्रेब । क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषद्का अधिकांश सदस्यहरुले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

सञ्चारमाध्यमहरुलाई फोटो तथा भिडियो खिच्न मिल्ने गरी सार्वजनिकरुपमा उनीहरुले खोप लगाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

खोपप्रति आम नागरिकको विश्वास र आकर्षण बढाउनका लागि सार्वजनिकरूपमा उच्च पदाधिकारीहरूले खोप लगाएको जनाइएको छ । बिहीबार उनीहरूले खोप लगाएसँगै क्रोएसियामा कोरोनाविरुद्धको खोप लगाउने आम अभियान नै सुरु भएको छ । तर, खोप लगाउनेक्रम भने डिसेम्बर २७ देखि नै सुरु भएको थियो ।

कुल ४२ लाख जनसङ्ख्या रहेको मुुलुकमा तत्काल २० हजारजनालाई खोप दिने सरकारको योजना छ । सबैलाई खोप दिन नसकिने भएकाले प्राथमिकता निर्धारण गरेर प्राथमिकता सूचीमा परेकाहरुलाई सुरुमा खोप दिइने भएको हो ।

Global Ime bank

सरकारले सुरुमा स्वास्थ्यकर्मी, दीर्घरोगी र ६५ वर्षभन्दा बढी उमेर भएकाहरुलाई खोप दिने नीति बनाएको अधिकारीहरुले जनाएका छन् ।  त्यसबाहेकका अन्य नागरिकलाई भने क्रमशः अरु चरणहरुमा खोप दिइने सरकारी अधिकारीहरुको भनाइ छ ।

क्रोएसियामा फाइजर बायोएनटेक खोप प्रयोग गरिएको छ । खोपका बारेमा गरिएको सर्वेक्षणका क्रममा ४४ प्रतिशतले खोप लगाउने रुचि नदेखाएको पाइएको छ । त्यसैगरी, ४६ प्रतिशतले खोप लगाउनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् भने दश प्रतिशतले खोप लगाउने वा नलगाउनेबारेमा अनिर्णित अवस्थामा रहेको जनाएका छन् ।

‘‘सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्छ भन्नेमा म स्पष्ट छु, त्यसको व्यवस्था हुने विश्वास दिलाउन पनि चाहन्छु,’’ राष्ट्रपति जोरान मिलानोभिकले भने । आफूले खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्का दशजनाले खोप लगाएको जानकारी दिए ।

क्रोएसियाका प्रधानमन्त्री अन्ड्रेज प्लेन्कोभिक र अरु छ मन्त्री यसअघि नै कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । महामारी फैलिएदेखि क्रोएसियामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने चार हजारभन्दा बढीको मृत्यु भएको छ । रासस/एएफपी
तस्बिरः एएफपी ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ०१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC