site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बायोएनटेकद्वारा दोस्रो मात्रा खोपका लागि ढिलाइ नगर्न चेतावनी
Sarbottam CementSarbottam Cement

फ्र्याङ्कफर्ट । जर्मन कम्पनी बायोएनटेकले कोभिड–१९ विरुद्धको दोस्रो मात्रालाई तीन हप्ताभन्दा बढी ढिलो गरी लगाउन नहुने भन्दै तालिकाअनुसार खोप दिन खोप प्रयोगकर्ता देशहरूलाई मंगलबार आग्रह गरेको छ ।

कोभिड–१९ खोपको दोस्रो मात्रालाई तीन हप्ताभन्दा ढिलो गर्न ‘सुरक्षा र प्रभावकारिता’लाई समर्थन गर्ने कुनै तथ्याङ्क नरहेको कम्पनीले जनाएको छ ।

केही देशहरूले उक्त खोप पहिलो चरणमा धेरै व्यक्तिलाई दिन र दोस्रो चरणलाई केही ढिला गर्न थालेको समाचारपछि कम्पनीले खोपको प्रभावकारितालाई हेरेर तोकिएको समयमा नै दुवै मात्रा दिन आग्रह गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बायोएनटेकले अमेरिकी औषधि कम्पनी फाइजरसँगको सहकार्यमा विकास गरेको र यदि यसलाई २१ दिनको फरकमा दुई मात्रा दिएमा कोभिड–१९ विरुद्धको अभियान ९५ प्रतिशत प्रभावकारी हुने क्लिनिकल अनुसन्धानले पुष्टि गरेको जनाएको छ ।

कम्पनीले भनेको छ, ‘‘खोपको सुरक्षा र प्रभावकारितालाई खोपको फरक मात्रा तालिकासँग अनुसन्धान भएको छैन ।’’

Global Ime bank

‘‘खोज ताथ अनुसन्धानले बायोएनटेक र फाइजरको सहकार्यमा बनेको यो खोपको पहिलो मात्राले खोप लगाएको १२ दिनपछि आंशिक सुरक्षा पाइन्छ । तर, २१ दिनपछि पहिलो मात्राले सुरक्षाको प्रत्याभूत गर्ने कुनै आधार छैन ।’’

भ्याक्सिनको सीमित आपूर्तिको सामना गर्दै डेनमार्कले खोपलाई कम्तीमा छ हप्ताको फरक पारेर लगाउने सोमबार बताएको छ । त्यसैगरी, बेलायतले पहिलो मात्रा दिइएको १२ हप्तासम्म कुर्नेछ । जर्मनीले पनि दोस्रो मात्रा दिने समयलाई २१ दिनको सट्टा केही दिन पछाडि धकेल्दै छ ।

उनीहरूले यो अभ्यासले पहिलो खोप लिनका लागि धेरै व्यक्तिलाई अवसर मिल्ने बताएका छन् ।

‘‘वैकल्पिक खोप मात्रा दिने निर्णय स्वास्थ्य अधिकारीलाई रहेको छ । खोपको दोस्रो मात्रा दिइँदा मात्र कुनै पनि व्यक्तिलाई रोगसँग प्रतिरोध गर्ने अत्यधिक सम्भावना रहन्छ,’’ बायोएनटेकले भनेको छ ।

जर्मनीको मेन्ज सहरस्थित खोप निर्माता बायोएनटेक कम्पनीले कुनै पनि फरक निर्णय लिनका लागि नियामक संस्था, स्वास्थ्य अधिकारी र सरकारहरूसँग वार्ता जारी राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  ०४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC