site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सामाजिक सन्जालको प्रश्‍न-  कहाँ छन् ज्याक मा ?, नजरबन्दमा रहेको आशंका
Sarbottam CementSarbottam Cement

काठमाडौं । सार्वजनिक नजरबाट ज्याक मा हराएको दुई महिना बितेको छ । उनी निर्णायक रहेको टेलिभिजन शोको अन्तिम एपिसोडमा पनि नदेखिएका अलिबाबाका संस्थापकको असक्रियताले सामाजिक सन्जालमा प्रश्नैप्रश्‍न उठाएको छ ।

सामाजिक सन्जालका आशंकाले चीन सरकारको वित्तीय नियामकले ज्याकको व्यावसायिक साम्राज्यमा लगाइएको अंकुश प्रतिबिम्बित गरेका छन् । चीनका हाई-प्रोफाइल उद्यामी ज्याक अक्टोबर अन्त्यदेखि सार्वजनिक भएका छैनन् । उनले चीनको नियामक निकायमा सुधार आवश्यक रहेको औंल्याएका थिए । सोही भनाइपछि अलिबाबाको एन्ट समूहको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) रोक्का भएको थियो ।

फाइनान्सियल टाइम्सले गत शुक्रबार ज्याक ‘अफ्रिकाज बिजनेस हिरोज’ अन्तिम अंकमा अनुपस्थित भएको समाचार सम्प्रेषण गरेको थियो । सोही समाचारलाई आधार मान्दै द टेलिग्राफले समाचार लेखेको थियो भने संसारभरका सञ्चारमाध्यमले यी दुई समाचारलाई उद्धृत गरेको ज्याक हराएको समाचार लेखे ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त टेलिभिजन शोको अन्तिम अंकका अलिबाबाका प्रमुख कार्यकारी अधिकृत निर्णायकका रुपमा सहभागी थिए । सोमबार अलिबाबाकी प्रवक्ताले रोयटर्सलाई कार्यतालीकामा आएको परिवर्तनले ज्याक उपस्थित नभएको जनाएकी थिइन् । उनले ज्याक हराएको बारे थप बोल्न चाहिनन् ।

ज्याक हराएपछि विभिन्न शंका उपशंका ट्विटरमा गरियो । ट्विटर चीनमा प्रतिबन्ध भएका कारण चीनका सामाजिक सन्जालमा ज्याकको विषय चर्चा रहेन ।

Global Ime bank

अक्टोबरको उनको अभिव्यक्तिपछि चीनको नियामकले ज्याकको व्यवसाय शून्यबराबर मानेका छन् । अलिबाबामा नियामकले अविश्वासको छानबिन सुरु गरिएको छ । यस्तै एन्टलाई कर्जा संरचना तथा उपभोक्ता वित्त व्यवसायको संरचना परिवर्तन गर्न भनिएको छ ।

सोमबार अलिबाबाको हङकङमा सुचीकृत सेयर मूल्य २.५ प्रतिशतले घटेको छ । चिनियाँ मिडियाले भने ज्याकले सुपरिवेक्षण अँगालेको बताएका छन् । यो अभिव्यक्तिले ज्याक पक्राउ परेको वा नजरबन्धमा परेको शंका उब्जाएको छ ।

चीनले ठूला व्यक्तित्वलाई पक्राउ गर्दा चुप रहने गरेको छ । यस अर्थमा चिनियाँ मिडियाले सुपरीवेक्षण अँगाल्नु भन्नुलाई जेल जीवनमा बसिरहेको हुन सक्ने अनुमान बढेको छ । चिनियाँ मिडियाले मलाई ‘अंकल हर्स’ बाट ‘भ्याम्पायर बिजनेस म्यान’ को संज्ञा दिन थालेका छन् ।

हङकङको द एसिया टाइम्सले पिपुल्ड डेलिलाई उद्धृत गरेर ‘सुपरिवेक्षण अँगालेको’ उल्लेख गरेको छ । चीन छाड्न ज्याकलाई प्रतिबन्ध गरिएको छ । ज्याकले चिनको वित्त नियामकलाई ‘कठपुतली मानसिकता’ भएको भनेका थिए ।

सोही भनाइका आधारमा ३७ खर्बबराबरको संसारको सबैभन्दा ठूलो आईपीओ निष्कासन रोकिएको थियो ।

- तस्बिर : ब्लुमबर्ग

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC