site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले आफैंले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो
Sarbottam CementSarbottam Cement

रासस/सिन्ह्वा । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो ।

बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो खोप अब चिनियाँहरुले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन् । त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधि कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रुपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो । उक्त कम्पनीद्धारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको थियो । सो परीक्षण पछि पछिल्लो पटक आएको यसको प्रभावकारिताको परिणाममा यस खोपको ७९.३४ प्रतिशत सम्म काम गर्ने भनेर यसको प्रभावकारिता देखिएको पाइएको थियो ।

त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो । बिहीबारबाट सो खोप चीनमा सार्वजनिक रुपमा प्रयोगमा ल्याइने बताइएको छ । उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभाकारी देखिएको जनाएपछि त्यसको भोलिपल्ट नै अर्थात् बिहीबार मात्र चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् ।

Global Ime bank

चीनमा अरु पनि केही खोपहरु परीक्षणमा रहेका बताइएको छ । अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोगमा ल्याउने भन्दै यसको तयारी गरिराखिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारहिरुले बताएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरसको महामारी सुरु भएको थियो । क्रमिक रूपमा विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न कुनै औषधि र खोप पनि बनेका थिएनन् । जसका कारण विश्वका कैयौं देशहरुले पनि कडा खालका प्रतिबन्धहरु लागू गर्दै संक्रमणको दर घटाउने प्रयास मात्र गरेका थिए । सोही माध्यमबाट संक्रमणको दरलाई निकै कम राख्न चीन भने सफल भएको छ ।

बिहीवार चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो । चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यसरी वितरण गरेका ती खोपहरुमा चीनले त्यहाँ हालसम्म करिब ४५ लाख भन्दा बढी मात्रा खोपहरु वितरण गरिसकेको जनाएको छ ।

यी सार्वजनिक रुपका वितरणहरु समेत गरेर चीनले फेब्रुअरी महिनामा पर्ने चिनियाँ नयाँ वर्षकोे मध्यसम्ममा यहाँका करोडौँ सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाउने अपेक्षा गरिएको यहाँका स्वास्थ्यका अधिकारीहरुले जानकारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  ०५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC