site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विदूषकले हाँकेको राजनीति अर्थात् ‘डार्क कमेडी’
Sarbottam CementSarbottam Cement

काठमाडौं । विदूषक भनेको नाटकको हास्य पात्र । तर जब हामी कसैलाई विदूषक भन्छौं त्यसबेला उ केवल हास्य पात्र नभएर अरुलाई गाली गर्ने, सताउने वा काम बिगार्ने व्यक्ति भनेर पनि बुझिन्छ । 

कतिपय देशमा हास्य कलाकार राजनीतिमा लागेर एक सफल सरकार प्रमुख भएको उदाहरण छन् । नेपालमा पनि धेरै हास्य कलाकारलाई राजनीतिमा प्रवेश गरेर देश सुधार्नका लागि धेरैले आग्रह गरिरहेका हुन्छन् । तर, जब एक राजनीतिज्ञ आफ्ना गल्ती, कमजोरी र प्रतिगमनकारी प्रवृत्तिलाई लुकाउन विदूषकको भूमिका खेल्न खोज्छन् अनि बिद्रुप राजनीतिको विकृत नमूना देखिन्छ । अहिले नेपालमा त्यस्तै एक बिद्रुप राजनीतिको मञ्चन भइरहेको छ । आजको प्रतिवाद कार्यक्रम त्यही ‘डार्क कमेडी’ अर्थात् अँध्यारो प्रहसनमा केन्द्रित छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेटफ्लिक्समा एउटा डार्क कमेडी सिरिज छ– हंसमुख । यो सिरिजमा एउटा कमेडियन कसैको हत्या नगरिकन स्टेजमा मान्छेलाई हसाउनै सक्दैन । उसको सहयोगीले हरेक शोभन्दा अगाडि कुनै न कुनै मान्छे खोज्छ र त्यसको हत्या गरेपछि नायक स्टेजमा प्रवेश गर्छन् र उनी सबैले ताली पिट्नेगरी स्टेज शो गर्न समर्थ हुन्छन् । हाम्रो देशका नायकले पनि आफ्नो सहयोगीको आडमा अहिले संविधानको हत्या गरेका छन् र स्टेजमा बडो राम्रो प्रदर्शन गर्दैछन् ।

हेरौँ, यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC