site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संविधानमाथि अतिक्रमण, लोकतान्त्रिक विधि र प्रक्रियामा प्रहार र विदेशी चलखेल बढ्न थालेका बेला ‘राष्ट्रिय मेलमिलाप’ को सान्दर्भिकता तथा उपादेयता झन् बढेको छ । हुनत, भारतमा निर्वासित जीवन बिताइरहेका लोकतन्त्रवादी जननेता विश्वेश्वरप्रसाद कोइरालाले अफगानिस्तानमा रुसी कब्जा र सिक्किमको भारतमा विलयपछि नेपालको राष्ट्रियतामा खतरा उत्पन्न भएको बताउँदै २०३३ साल पुस १६ गते स्वदेश फर्कदाँ राष्ट्रिय मेलमिलापको नारा दिएका थिए । उनको मन्त्रिपरिषद् र जननिर्वाचित पहिलो संसद् भंग गरी राजा महेन्द्रले सत्ता हत्याएपछि तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई ८ वर्ष कैद गरिएको थियो । कैदबाट मुक्त भएपछि बीपी राजाको सक्रिय नेतृत्वमा सञ्चालित पञ्चायत व्यवस्था हटाएर लोकतन्त्र स्थापनाका लागि जनविद्रोह चर्काउन भारत गएका थिए । भारतबाट उनको नेतृत्वमा नेपाली कांग्रेसले सशस्त्र संघर्ष सञ्चालन गरे पनि अन्तर्राष्ट्रिय परिस्थिति नेपालको राष्ट्रियता प्रतिकूल भएको ठहर गरी आन्दोलन त्यागेर स्वदेश फर्के । 

बीपी नेपाल फर्केलगत्तै नेपाल र विश्व राजनीतिमा ठूलै उथलपुथल भयो । आफ्ना पिताले ‘निर्विकल्प’ घोषणा गरेका र आफूले सक्रिय नेतृत्व गरेको अनुदार पञ्चायत व्यवस्थाबारे राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह घोषणा गरे । सहयोगी सबैले धाँधली भयो भन्दा पनि बीपी कोइरालाले जनमत संग्र्रहको परिणाम स्वीकार गरेर देशभित्र मेलमिलापको वातावरण बनाउन ‘एक्लो बृहस्पति’ भएका थिए । बीपीले २०३६ सालको आन्दोलन स्थगित गरेको र जनमत संग्रहको परिणाम स्वीकार गरेकोमा कम्युनिस्टहरू उनीसँग रुष्ट पनि भएका थिए । तर, उनी विचलित भएनन् । संविधान बहुदल पक्षको भावना नसमेटिएपछि नेपाली कांग्रेसले राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कार गरेको थियो । यति हुँदा पनि बीपी बाँचुन्जेल नेपालको राष्ट्रियताका सामु आफ्नो र दलको स्वार्थलाई कहिल्यै प्राथमिकता दिएनन् । राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापबाट मात्र राष्ट्रियता जोगाउन सकिने उनको मान्यतामा मृत्यु पर्यन्त दृढ रहे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको मृत्यु २०३९ को केही वर्षपछि सोभियत साम्राज्य ढल्यो ।  विश्वव्यापी शीतयुद्ध अन्त्य भयो । नेपालमा पनि २०४६ सालमा जनआन्दोलन भयो । जनआन्दोलने राजा वीरेन्द्रलाई पञ्चायत व्यवस्था खारेज गर्न बाध्य बनायो । देशमा संवैधानिक राजतन्त्र स्थापना भयो । लोकतन्त्रको अभ्याससँग जनतामा चेतना बढ्यो भने राष्ट्रियताको माया पनि बढेर गयो । तर, राजनीतिक दलका नेताहरूको कमजोरी र माओवादीका नाममा चलाइएको हिंसात्मक विद्रोहले पहिले लोकतन्त्र मास्यो अनि राष्ट्रियता पनि कमजोर बनायो । एकातिर, चुनाव हुनै नसक्ने बेलामा संसद् भंग गरेर लोकतन्त्रको हत्या गरियो भने अर्कातिर संकटकाल लगाएर सिंगै देशमा आतंक मच्चाइयो । त्यसपछि दोस्रो जनआन्दोलन, संविधान निर्माण, भारतीय नाकाबन्दी, निर्वाचन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड बहुमतको सरकार गठनलगायतका घटना भए । तर, न लोकतन्त्र पूर्णरूपमा ‘लिग’का फक्र्यो न राष्ट्रियता नै सुदृढ भयो । नेकपाभित्रको विग्रह ‘मिलाउन’ चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरू र राजदूतको सक्रियता एकातिर कूटनीतिक मर्यादाका दृष्टिमा अशोभनीय देखियो भने अर्कातिर राष्ट्रिय स्वाभिमानमा पनि धक्का लाग्यो । 

भारत निर्वासनबाट स्वदेश फर्कने बेलामा बीपीले २०३३ साल पुस १६ गतेको मितिमा जारी गरेका ‘देशवासीको नाउँमा अपिल’ मा उल्लेख भएको छ — ‘‘आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ ।’’ अहिले पनि उनले आजभन्दा ४४ वर्ष पहिले देखेको भन्दा देशको अवस्थामा तात्विक अन्तर छैन । बीपी कोइरालाले यस्तो निराशाजनक अवस्थाबाट राष्ट्रियता जोगाउन  देशमा लोकतन्त्रको संस्थागत अभ्यास हुनुपर्ने मान्यता प्रकट गरेका थिए । उनको सूत्र अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ । संविधानको सहज अभ्यास हुन पाए लोकतन्त्र पटरीमा फर्कनेछ । लोकतन्त्रको अभ्यासबाट बिमुख नहुने हो भने देशमा अस्थिरता हुनेछैन भने विदेशीको चलखेल पनि प्रभावहीन हुनेछ । यसका लागि जननेता बीपी कोइरालाले भनेजस्तै ‘राष्ट्रिय शक्ति’ बीच मेलमिलापको आवश्यकता छ । विधिको शासन, आधारभूत स्वतन्त्रता र राष्ट्रिय सार्वभौम सत्ताको सम्मान गर्नेहरू नै अहिले राष्ट्रिय शक्ति हुन् । वर्तमान राजनीति परिदृश्यमा प्रतिनिधि सभाको पुनःस्थापना सम्भवतः राष्ट्रिय मेलमिलापको आधार हुनसक्छ । नेपालको संविधान, २०७२ प्रति प्रतिबद्ध शक्तिहरूबीच मेलमिलाप भएमात्र लोकतन्त्र र राष्ट्रियता जोगिनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC