site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा खोपका लाखौँ डोज प्रयोगविहीन अवस्थामा, २०२० को लक्ष्य पूरा हुनेमा शंका 
Sarbottam CementSarbottam Cement

एजेन्सी । सर्वत्र खोप अभियान सुरु भएको एक हप्तामा लाखौँ डोजहरु अस्पताल लगायत अन्य ठाउँहरुमा प्रयोगविहिन भएर बसेपछि यस महिना २ करोड मानिसलाई खोप लगाउने अमेरिकी सरकारको लक्ष्य पूरा हुनेमा शंका व्यक्त गरिएको छ । 

बुधबार बिहानसम्म गत हप्ता वितरण गरिएको फाइजर खोपको एक तिहाइ मात्र सुइ लगाइएको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिले मोडेर्ना कम्पनीसहितको गरि कोरोना विरुद्धका ९५ लाख डोज विभिन्न स्टेटहरुमा पठाइएको छ । र अस्पतालहरुले मोडेर्नाको खोप पनि लगाउन सुरु गरिसकेका छन् तर २९ लाख खोप प्राप्त गरिसकेपनि पहिलो हप्ताभरमा ६ लाख बढी खोप मात्र दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालहरुले बताएअनुसार गत सोमबार सुरु भएको कोभिड विरुद्धको खोप अभियानमा फ्रोजन अवस्थामा रहेका डोजहरुलाई प्रयोगमा ल्याउने तयारी अझै जारी छ जसमा खोप लगाउने क्लिनिकहरुमा खटाउन कामदारहरु पनि खोजी भइरहेको छ भने कार्यक्रम अन्र्तगत सबै मानिसहरुबीच समाजिक दुरी कायम हुने पनि सुनिश्चित गरिराखिएको छ । 

यिनै कारणले पनि खोप कार्यक्रम एकदमै सुस्त गतिमा अघि बढिरहेको बताइएको छ । धेरै त्यस्ता क्लिनिकहरुले पहिलो दिनमा केबल १०० जनालाई मात्र खोप लगाएको बताएका हुन् । अर्कोतर्फ अमेरिकामै संक्रमण लगातार बढ्ने क्रम रोकिएको छैन जहाँ मृत्युदर र बिरामीको सङ्ख्या विश्वकै सबैभन्दा उच्च रहेको छ । 

Global Ime bank

यसअघि ट्रम्प प्रशासनले वर्षको अन्त्यसम्ममा २ करोड मानिसहरुलाई खोप लगाउने वचन दिएको थियो ।  तर अब यसका लागि केबल ९ दिन मात्र रहेको छ जसबीच झन्डै १ करोड ९० लाख सुइ लगाउनुपर्ने हुन्छ र यसमा क्रिस्मस अनि नयाँ वर्षको छुट्टी पनि पर्दछ ।  ‘युएस अपरेसन र्याप स्पिड’ का प्रमुख सल्लाहकार मोनसेफले बुधबारको प्रेस सम्मेलनमा भनेका छन्, “मानिसहरुको हातमा सुइ लगाइदिने काम हामीले सोचेभन्दा धेरै नै सुस्त गतिमा भइरहेको छ । ”

आगामी फेब्रुअरीमा अन्य दुई खोप : जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनेका पनि स्वीकृत हुने अपेक्षा रहेको छ ।  सरकारको अहिलेसम्मको लक्ष्य चाहिँ मार्च १ सम्म फाइजर र मोडेर्नाका १० करोड सुइ मानिसहरुलाई लगाउनु रहेको छ ।  यस्तोमा खोप वितरणको जिम्मा लिएका जेनेरल गस्तेभ पर्नाले सोमबार मात्र यो काममा ढिलाइ भइरहेको स्वीकार गरि आफ्नो गति बढाउँदै लैजाने भनेका हुन् । 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC