site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोभिडको युगमा कसरी निर्माण हुँदैछन् चलचित्र ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीका कारण केही महिनाको बन्दाबन्दी पछि चलचित्र र टिभी कार्यक्रमहरुको छायांकन पुनः सुरु भइसकेको छ । तर, बन्दाबन्दी पछि फर्किदा भने सेटमा काम गर्ने तरिका र भूमिकाहरु परिवर्तन भएका छन् । संक्रमण फैलिन नदिन लागु गरिएका निर्देशनहरु पालन गर्दै नयाँ तरिकामा काम गर्नुपर्ने बाध्यता छ । यसरी नयाँ गाइडलाइनको पालना गर्दै चलचित्र निर्माणको नयाँ तरिका र अनुभव बटुलिरहेका बेलायत र अन्य देशका केही निर्माता, निर्देशकलगायत अन्य क्रु सदस्यहरु के भन्छन् ?  

निर्माता हेलेन जोन्स–सामाजिक दूरी र भिडभाड कम गर्न रिमोट मोनिटरिंग सिस्टम
निर्देशक हेलेन एउटा साइकोलोजिकल हरर चलचित्र निर्माण गर्दैछन् । निआम अल्गर र माइकल स्माइली अभिनीत चलचित्र २०२१ मा रिलिज हुँदैछ । मार्चमा चलचित्रको बाँकी केही दृश्यहरु छायांकन गरिरहँदा कोरोना महामारीका कारण स्थगीत गर्नुपर्यो ।

लकडाउनको समयमा उनी ब्रिटिश फिल्म आयोग (बीएफसी) को सिफारिसको आधारमा तयार गरिएको छायांकनको गाइडलाइन जम्मा गरिरहेकी थिइन् । लामो बन्दाबन्दी पछि चलचित्र छायांकनको पुनः अनुमति दिइयो । उनी बाँकी अंशको छायांकनका लागि दौडिइन् । उनी २७ जुलाईमा ४ दिनको लागि लण्डनमा छायांकनका लागि निस्किइन् । भलै चलचित्रलाई उत्तरी इंग्ल्याण्डमा छायांकन गरिएको थियो । बाँकी अंश पनि उत्तै गएर छायांकन गर्न सम्भव भएन ।
“हामीसँग समय थोरै थियो । हामीले खतरा कम नभएसम्म प्रतिक्षा गर्नुपर्यो । हाम्रो टिमको कोही पनि कलाकार वा क्रु सदस्य यता काम नसकिँदै अर्को प्रोजेक्टमा नजाओस् भन्ने चाहन्थ्यौं । त्यसैले काममा फर्कि हाल्नु पर्यो,” उनी भन्छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

छायांकन पुनः सुचारु गर्न अनुमति दिँदै बीएफसीले पहिलो पटक १ जुनमा गाइडलाइन जारी गरेको थियो । त्यसयता यो लगातार परिमार्जित हुँदैछ । 

हेलेन प्रत्येक दिन यी गाइडलाइन हेर्छिन् । सेटमा एकजना कोभिड–१९ हेल्थ सुपरभाइजर सधैं हुन्छन् । 

Global Ime bank

गाइडलाइनमा उल्लेख भएअनुरुप सम्भव भएसम्म समाजिक दूरीको पालना गर्नु । जहाँ २ मिटरको दूरी राख्न सम्भव छैन, त्यहाँ छोटो समयमा नै काम सक्काउन र हरेक व्यक्तिको सम्पर्कमा आउने व्यक्तिहरुको संख्या सीमित राख्नु । 

उनी भन्छिन्, “सेटमा तपाईंले आफैसँग प्रश्न गर्नुपर्ने हुन्छ, के यो व्यक्तिको उपस्थिती यहाँ आवश्यक छ ?”

उनले सेटमा क्यामेरा र साउन्ड क्रु मात्रै राख्थिन्, कस्ट्युम, हेयर र मेकअप आर्टिस्ट सेटभन्दा टाढा हुन्छन् । यदि उनीहरु सेटमा आउनै परे पनि अर्को एउटा ठाँउ तोकिएको छ । 

सुरक्षित तरिकाले काम गर्न उनले अर्को उपाय अपनाउँदै रिमोट मोनिटरिंग सिस्टममा काम गरिन् र गराइन् । 

“रिमोट मोनिटरिंग सिस्टमले एक वा दुईवटा मोनिटरको अगाडि सबैजना बस्न बन्द भयो,” उनी थप्छिन्, “लकडाउन अघि एउटा मोनिटरमा प्रानो बेली बोन्ड (निर्देशक) काम गर्थिन् र अर्कोमा कस्ट्युम डिपार्टमेन्टले हेर्दथ्यो । आवश्यक परेको बेला म र अरु कु्र सदस्य पनि त्यही मोनिटरमा एक्सन हेर्दथ्यौं । तर अब नयाँ रिमोट मोनिटरिंग सिस्टममा, जसलाई मोनिटरमा हेर्नुपर्ने हुन्छ उसले आफ्नो आई प्याडमा मोनिटरिंग सिस्टम जोडेर हेर्छन् ।”

निर्देशक प्रानो बेली बोन्ड– कम कलाकार उस्थित गराएर धेरै कलाकार भएको देखाउने चुनौती 

बेली–बोन्ड, ‘सेन्सर’ चलचित्रकी निर्देशक र सह–लेखिका हुन् । हाल पोस्ट–प्रोडक्सनमा रहेको यो उनको पहिलो फिचर फिल्म हो ।

गाइडलाइनमा कुनै पनि दृश्यमा ६ जना मात्रै कलाकार राख्न पाउने भन्ने व्यवस्थाबारे उनी भन्छिन्, “हाम्रो कोभिड–१९ सुरक्षा अधिकारी भन्थे कि तपाईं यो ठाँउमा मात्रै ६ जना सहायक कलाकार राख्न सक्नु हुन्छ । त्यसैले एक निर्देशकको हिसाबमा मैले सोच्नु पर्ने थियो की त्यो सिनेमा धेरै मानिसहरु भएको जस्तो महसुस छायांकनको दौरान कसरी गराउने भनेर ।”

कुनै एउटा डिपार्टको क्रु सदस्य सेटमा हुँदा अर्को डिर्पाटको लागि त्यहाँ आउन रोक लगाउनु पर्ने हुन्थ्यो । जसका कारण छायांकनको तालिका लामो भएको उनले महसुस गरिन् । 

निर्देशक बेली–बोन्डलाई सबैभन्दा धेरै आफ्ना सहकर्मीहरुको मानसिक स्वास्थ्यलाई लिएर चिन्ता थियो । किनभने कोरोनाको संक्रमणकैबीच उनीहरु सेटमा पुनः फर्किहाल्न डराइरहेका थिए । त्यसैले छायांकन फेरि सुरु गर्नुअघि उनले उनीहरुसँग केही समय बिताएर उनीहरुलाई संक्रमण नहुनेमा विश्वस्त पारे ।

उनी यस महामारीका कारण बेलायतको चलचित्र निर्माणको भविष्य बारे निकै चिन्तित छिन् । उनी चलचित्रको छायांकन सेटमा जति कडा रुपमा अन्य ठाँउमा यी सामाजिक दूरीलगायत अन्य गाइडलाइनहरुको पालना नभएको उनको बुझाई छ ।

प्रोडक्सन डिजाइनर,जोसेफिन एसबर्ग–छायांकनका लागि अन्य देश जाँदा अनुमतिको प्रक्रिया झन्झटिलो 
स्वीडिश निर्देशक एसबर्ग रुबेन आँसलुन्डको पहिलो अंग्रेजी फिचर फिल्म ‘ट्राएंगल अफ स्याडनेस’को तीन महिनाको बन्दाबन्दीपछि पुनः काम सुरु भएको छ । ११ मिलियन डलर लगानी रहेको यस चलचित्र युरोपका ठूला प्रोड्क्सन मध्ये एक हो ।

छायांकनमा गएको २५ दिन नबित्दै कोरोना महामारीका कारण छायांकन अनिश्चित समयका लागि रोक्नु परेको थियो । 

सुरक्षाका लागि जारी गरिएका गाइडलाइन पालना गर्दै गरेको छायांकन सम्झिदै भन्छन्, “पहिलो दिन टिमको हिसाबमा हामीलाई फरक–फरक रंग दिइयो । मलाई गुलाबी रंग दियो किनभने म आर्ट विभागमा थिएँ । मलाई हरियो रंग पनि दिइयो, जुन मुख्य विभागको रंग थियो । हरियो रंग भएको टोली निर्देशक, फोटोग्राफी निर्देशक र कलाकारहरुसँग सेटमा बस्न अनुमति थियो ।”

रेष्टुरेन्टहरु बन्द भएर बक्समा खाना लग्नु परेको भन्दै उनी अगाडि थप्छन्, “हामी बसेको होटेलको रेष्टुरेन्ट बन्द भएका कारण हामीलाई बक्समा ब्रेकफास्ट, खाजा र बेलुकाको खाना पाउँछौं । फेस मास्क लगाउनु पर्छ । कलाकारसँग काम गर्नेहरु सबैले अनिवार्य रुपमा फेस मास्क लगाउनु पर्छ । शरिरको तापक्रम जाँच गर्न हामीलाई थर्मोमिटर पनि दिइयो । तर, म तापक्रम नाप्न भने बिर्सिरहन्छु ।”

यी निर्देशनहरु पालना गरि नयाँ तरिकाले काम गर्दा पनि उनले आफ्नो काम गर्ने क्षमता र काममा त्यत्ति असर भएको पाएनन् । यद्यपि सुरुका केहीदिन भने सामाजिक मेलमिलाप जसरी पहिले जस्तो सँगै बसेर काम गर्ने बानी भने केही मिस भएको थियो । 

“मलाई अनौंठो लाग्थ्यो कि म सहकर्मीहरुलाई नै अंगालो हाल्न सक्दिन थिएँ । तर, यो नै आजको सामान्य हो ।”

हप्ता दिनको छायांकनका लागि स्वीडेन आउन उनले स्वीडिश बोर्डर प्रहरी र विदेश मन्त्रालयलगायत थुप्रै विभागलाई मनाउनु पर्यो ।

महामारी जारी छ, तर पनि एसबर्ग आफ्नो कामलाई लिएर आशावादी छन् । “यस्तो लाग्दैछ कि कैयौं प्रोडक्सन फेरि सुरु भएको छ र निकट भविष्यमा सबै राम्रो हुनेछन् ।”

इन्टीमेसी को–ओर्डिनेटर–लीजी टालबोट ‘बीएफसीको गाइडलाइनले शारीरिक निकटताका दृश्यहरु छायांकन गराउन नयाँ चुनौती’

टालबोट हाल दुई वटा प्रोजेक्टमा काम गर्दैछन् । उनले इन्टिमेसी फर स्टेज एन्ड स्क्रिन नेटवर्क बनाएका छन् । 

अहिले इन्टिमेसी को–ओर्डिनेटर चलचित्र र टिभी सेटका लागि अत्यावश्यक अंश बनिरहेका छन्, विशेषगरि मिटू र टाइम्स अप आन्दोलन पछि । टालबोट भन्छिन्, “हाम्रो काम भनेको निर्देशकको भिजनलाई सुरक्षित तरिकाले उतार्नु हो ।”

उनीहरुको काम विशेषगरि शारीरिक निकटताको दृश्यहरु छायांकनका क्रममा पर्दछ । त्यस्ता दृश्यहरुबाट निर्देशहरु के चाहन्छन् भन्ने कुरामा अभिनेता र निर्देशकहरुबीच सहमति ल्याउन पनि उनीहरुको जिम्मेवारी हो । 

बीएफसीको गाइडलाइनले शारीरिक सम्पर्कका दृश्यहरु छायांकन गराउन नयाँ चुनौतीहरु खडा गरेको छ । यी नयाँ सुरक्षाका गाइडलाइन सार्वजनिक भएपछि नै यस्ता दृश्यको छायांकनको गाइड गर्न इन्टिमेसी को–ओर्डिनेटरको उपस्थिती अनिवार्य गरिएको हो ।

महामारीको कारणलाई टाढा राख्ने हो भने यस्ता दृश्यमा सुरक्षाको स्तर र आपसी सहमतिलाई महत्त्व दिएको वरदानको रुपमा लिन्छन् उनी । 

उनी यस्ता दृश्यको छायांकनमा क्यामेराको ट्रिकलाई धेरै महत्व दिन्छन् । 

यस्ता दृश्य छायांकनमा बीएफसीले यस्ता गाइडलाइन जारी गरेको छ । यदि कलाकारहरुलाई दुई मिटरको दूरीभन्दा नजिक आउनु पर्यो भने कोरोना परीक्षण र आइसोलेशनको प्रक्रियालाई कडा रुपमा पालना गर्नुपर्ने छ । अन्तरंग दृश्यको छायांकनका लागि सेटमा आउनुभन्दा अघि कलाकारहरुलाई १४ दिन सेल्फ–आइसोलेसनमा बस्न सल्लाह दिइएको छ । 

उनी भाइरसका कारण निर्माता निर्देशकहरु चलचत्रि छायांकनमा अझै रचनात्मक तरिकाहरु अपनाउन थालेको कुरा भने यसको सकारात्मकता रहेको विश्वास गर्छन् ।  

(बेथ वेब/बीबीसी हिन्दी)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  ०४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC