site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युरोपेली केही मुलुकद्वारा पुनः ‘लकडाउन’ घोषणा
Sarbottam CementSarbottam Cement

ब्रसेल्स । कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै युरोपका अधिकांश मुलुकहरूले ‘लकडाउन’को योजना सार्वजनिक गरेका छन् ।

केही सातायता बेलायतमा बढ्दै गएको कोरोनाभाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् ।

बेलायतमा कोरोनाभाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले सुझाव दिएपछि युरोपेली मुलुकहरूले उक्त विकल्प रोजेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतले महामारी नियनत्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ ।

कोरोनाभाइरसको तेस्रो लहर सुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी सहरमा कोरोना नियन्त्रणका लागि सीमानाका बन्द गरिएको छ ।

Global Ime bank

सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरुको दर बढ्दै गएपछि भिक्टोरियाको क्षेत्रीय प्रशासनले सीमानाका बन्द गर्ने र सर्वसाधारणलाई १४ दिन बाहिर निस्कन नदिने निर्णय गरेको हो ।

यसैगरी, कोभिड–१९ बाट बढी प्रभावितमध्येको अर्को युरोपेली मुलुक इटालीमा पनि सोमबारदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ ।

अंग्रेजी नयाँ वर्ष र क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाडलाई महत्व दिइने ती मुलुकहरूमा पर्व र नयाँ वर्षका समय ठूला जमघट र आवागमन हुने सम्भावना रहेको भन्दै युरोपेली अन्य मुलुकहरूले पनि महामारी नियन्त्रणका विभिन्न उपायलाई अवलम्बन गर्ने बताएका छन् । रासस/एएफपी

तस्बिरः रोयटर्स् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  २१:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC