site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली चलचित्र कति व्यावसायिक ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्माता तथा निर्देशकका आफ्ना आफन्त चलचित्रको लिड रोलमा खेल्ने चलन नेपालमा नौलो होइन । त्यसबाहेक आफैं लगानी गरेर चलचित्रमा अभिनय गर्ने चलन नेपाली चलचित्रका लागि पुरानै प्रवृत्ति हो । तर, पछिल्लो समय कलाकार छनोटमा विस्तारै नेपाली चलचित्रमा व्यवसायिकता भित्रिन थालेको कलाकार तथा निर्देशक अनुप बराल बताउँछन् ।

अनुप अहिले चलचित्र प्रकाशको कास्टिङ डाइरेक्टरका रुपमा कलाकार छनोट गर्ने काम गरिरहेका छन् । उनी अधिकांश कलाकार नयाँ छनोट गर्ने भन्दै अडिसन लिइरहेका छन् । यही क्रममा उनले ओस्कार इन्टरनेसनल कलेजमा तीनदिन अडिसन लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दिनेश राउतले निर्देशन गर्न लागेको उक्त चलचित्रको लिड रोलका लागि पनि अनुपले अडिसन लिए । यसमा नयाँ अनुहार मात्रै होइन पुराना अनुहारले पनि अडिसन दिएका छन् । त्यो पुरानो अनुहार अहिलेको नेपाली चलचित्र जगत्‌को गिनेचुनेको नाम हो । जसको ठूलो फ्यान फलोइङ छ । रियल लाइफमा उनलाई एक झलक हेर्न चाहने मात्रै पनि दर्शकको ठूलो पंक्ति लालयित हुन्छ ।

“उनीसँगै नयाँ तीन जनाले लिड रोलका लागि अडिसन दिएका छन् । तीनजना मध्ये जसले सबैभन्दा राम्रो पफर्मेन्स देखाउँछ । उसैले लिड रोलमा अवसर पाउँछ,” अनुप भन्छन्, “हामी अब केही हदसम्म व्यावसायिक पनि हुनुपर्छ । हुन त यो पहिलोपटक होइन । केही निर्देशकले केही कलाकार अडिसनबाटै लिँदै आउनुभएको छ । तर समग्रमा हाम्रोमा यत्तिकै कलाकार छनोट गर्ने चलन छ, जुन व्यावसायिक नजरले राम्रो हुँदै होइन ।”

Global Ime bank

कथा, परिवेश, भाषा, लवज र उमेरअनुसारको चरित्रका लागि सधैं देखिरहेको कलाकार सबै कथाका लागि उपयुक्त हुन्छ भन्ने हुँदैन । माथिका कुराहरुमा दक्ष चरित्रका लागि सधैं उपलब्ध स्टार कलाकार हुन्छ नै भन्ने हुँदैन । त्यसैले चरित्रलाई जीवन्त बनाउन चरित्रअनुसारको व्यक्ति खोज्दा चलचित्र राम्रो बन्ने अनुपको भनाइ छ ।

“अब हामीले पनि उच्च व्यावसायिक हुँदै जानुपर्छ । सधैं कम्प्रमाइज मात्रै गरेर राम्रो चलचित्र बन्दैन । तर यसका लागि प्रोड्युसर तयार हुनुपर्छ । अन्ततः फाइदा प्रोड्युसरलाई नै हो भन्ने सत्यलाई बुझ्ने हो कथाअनुसारको काम निकाल्न निर्देशकलाई पनि सहज हुन्छ,” अनुप राम्रो चलचित्र कसरी बनाउन सकिन्छ, त्यसतर्फको एउटा पाटो केलाउँछन्, “यो गर्न हाम्रोमा ढिलो भइसक्यो । अन्य देशमा दशकौं पुराना र अनुभवी अभिनेता तथा अभिनेत्री पनि नयाँ चलचित्रका लागि अडिसन दिन हिचकिचाउँदैनन् । हाम्रोमा पनि यो संस्कार बसाउनुपर्छ । प्रकाशमा कास्टिङ डाइरेक्टरका रुपमा मैले मेरो जिम्मेवारी निर्वाह गरिरहेको छु ।”

अडिसनबाट कलाकार छनोट गर्दा बजारमा राम्रो नाम भएको अभिनेता तथा अभिनेत्रीले पनि अवसर नपाउने सम्भावना हुन्छ । तर, लुक्स, उमेरका कारण खोजेको जस्तो व्यक्ति पाउन भने अडिसनमा पनि समस्या नै रहेको अनुप बताउँछन् । त्यसैले वैकल्पिकमा तीनतीन जनालाई राखेर कार्यशाला गर्ने र त्यसमा जसले राम्रो सम्भावना देखाउँछ उही नै छनोट गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

नेपालमा चरित्र अभिनेताको ठूलो संकट छ । त्यसमा पनि ५० को हाराहारीमा पुगेका चरित्र अभिनेता तथा अभिनेत्रीहरु कम  भएकै कारण धेरै चलचित्रमा दोहोरिने गरेका छन् । “एउटा कुरा त नन् एक्टर/एक्ट्रेसबीचमा अडिसन गराउँदा बजारमा भइरहेका भन्दा नयाँ व्यक्तिले चलचित्रमा प्रवेश पाउँछ अडिसनबाट,” अनुप भन्छन्, “अर्को पक्ष प्रतिभा भएको तर अवसर नपाएका नन् एक्टरएक्ट्रेसले पनि आफूलाई प्रमाणित गर्ने मौका पाउँछन् ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC