site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलवार) संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गराएर परिषद्को बैठक बसाएका छन् । यसभन्दा पहिले ‘समन्वय, पूर्वतयारी र गृहकार्य’ नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नहुँदा गणपूरक संख्या नपुगेर परिषद्को बैठक मंगलवार बिहान बस्न सकेन । यसअघि आइतवार बोलाइएको परिषद्को बैठकमा प्रमुख विपक्षी नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको थियो । संशोधन अध्यादेशमा भएको व्यवस्थाअनुसार कायम रहेका सदस्यको बहुमत संख्या उपस्थित भए परिषद्को बैठक बस्न सक्छ । पहिले सम्पूर्ण सदस्यको बहुमतको उपस्थिति आवश्यक हुन्थ्यो र उपसभामुखको पद रिक्त रहेकाले सबै उपस्थित भएमात्र परिषद्को गणपूरक संख्या पुगेर बैठक बस्न सक्थ्यो । यसरी नेकपाको आन्तरिक विवादको रिस पोख्न अध्यादेश जारी गराउँदा एकातिर सत्तारुढ दलकै नेताहरूबाट अध्यादेश फिर्ता लिन माग गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्न खोजिएको छ भने अर्कातिर उनको पार्टीभित्र र बाहिरबाट पनि प्रधानमन्त्री केपी ओलीको चर्को विरोध भएको छ । फलस्वरूप, प्रधानमन्त्री ओली थप एक्लिएर र इखिएर राजनीतिक संकट गहिरिने त होइन ? 

समस्या मूलतः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले समाधान भने अन्तै खोज्न थालेका छन् । कायम रहेकामध्ये बहुमत सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न मिल्ने गरी अहिले जारी गरिएको अध्यादेशमा रहेको प्रावधान नेपालको संविधान, २०७२ को भावना र मर्मविपरीत हो । राज्यका सबै संवैधानिक निकायको पदपूर्तिका लागि सिफारिस गर्ने दायित्व भएको संवैधानिक परिषद्मा प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष सदस्य रहने व्यवस्था छ । संविधानले यी सबै पदमा रहनेहरू दलगत राजनीतिकमा संलग्न नहुने परिकल्पना गरेको छ । प्रधानमन्त्री पदेन अध्यक्ष हुने संवैधानिक परिषद्मा प्रतिनिधि सभामा प्रमुख विपक्षी नेता पनि पदेन सदस्य हुन्छन् । यसरी प्रधानमन्त्री अध्यक्ष भए पनि व्यक्ति विशेष निर्णायक नहुने गरी संवैधानिक परिषद्को संरचना गरिएको देखिन्छ । दुर्भाग्य, संविधानको यो मर्मलाई प्रधानमन्त्रीलगायत राजनीतिक नेताहरूले कहिल्यै आत्मसात गरेनन् । बरु, सकेसम्म अरूलाई निषेध गरेर संवैधानिक निकाय कब्जा गर्ने र आफ्ना चाकरीदारलाई राणाकालीन पँजनीको शैलीमा पदहरू ‘बक्सिस’ दिने र नसके भागबन्डा गर्ने तर निश्चित पारदर्शी विधि र प्रक्रिया स्थापित हुन नदिने खेलमा राजनीतिक दलका नेताहरू लागिरहे । 

आफूसँग सल्ल्लाह नगरी प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएकोमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि प्रकट गरेको केही समयभित्रै सभामुख सापकोटाले बैठकमा नजाने घोषणा गरे । यसबाट सभामुख पार्टीको एउटा गुटका नेताको भूमिकाभन्दा माथि उठ्न नसकेको स्पष्टै देखियो ।  उपसभामुखको निर्वाचन समयैमा र संविधानको मर्मअनुसार गरिएको भए एउटा पार्टीको आन्तरिक किचलोले यसरी सिंगो राज्य प्रणाली नै अवरूद्ध हुने थिएन । तर, राजनीतिक नेतृत्व त्यसमा पनि प्रधानमन्त्री ओलीको संविधानको भावना  र मर्मको सम्मान नगर्ने दम्भी प्रवृत्तिले देशलाई संकटतर्फ घचेटेको हो । यस्तै, संवैधानिक दायित्व नभएका नेकपाका अर्का अध्यक्षले राज्यका क्रियाकलापमा हस्तक्षेप गर्दा संकट झन् गहिरिँदो छ । संवैधानिक नियुक्तिहरू निश्चित विधि र प्रक्रियाअनुसार पारदर्शीरूपमा हुने सुनिश्चित गर्नुभन्दा भाग खोज्ने र भाग नपाए बिलोमा भए पनि लोभ गर्ने प्रमुख विपक्षी नेताको प्रवृत्तिले गर्दा प्रधानमन्त्रीलाई चुनौती दिने नैतिक शक्ति गुमेको छ । यद्यपि, मंगलवारको एकलौटी बैठकमा भने सभापति देउवा उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले पनि आफू कुन हदसम्म जान तयार छन् भन्ने देखाए । तर राजनीतिक नेतृत्वले यस्तै दम्भ र कपटी प्रवृत्ति देखाइरहने हो भने सडकमा जनताको संख्या थपिनेछ । त्यसको वेगले अहिलेका शासक र विपक्षलगायत धेरैलाई बगाउनेछ । चेतना भया !     
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC