site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा रहस्यमयी बिरामी परेकाहरुको रगतमा ‘लिड र निकेल’ धातु 
Sarbottam CementSarbottam Cement

एजेन्सी । शनिबार र आइतबार भारतको आन्ध्र प्रदेशमा एकैपटक सयौँ मानिसहरु रहस्यमयी तरिकाले बिरामी भइ ५०० भन्दा बढीलाई अस्पताल भर्ना गराउनु परेपछि भारतीय स्वास्थ्य अधिकारीहरुले घटनाको अनुसन्धान सुरु गरेका हुन् । र यसैको नतिजाले ती बिरामीहरुको रगतमा ‘लिड र निकेल’ धातु रहेको देखाएको छ । 

यसमा बिरामीहरुले वाकवाकी लाग्ने, आँखामा समस्यादेखि दिमागी झट्का र बेहोस हुनेसम्मका विभिन्न लक्षण देखाएका थिए । प्रदेशका मुख्य मन्त्रीले बताएअनुसार ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस, एम्स’ ले सञ्चालन गरेको अनुसन्धानको प्रारम्भिक नतिजामा बिरामीहरुको रगत स्याम्पलमा लिड र निकेलको निशान फेला परेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसै सम्बन्धी ‘इन्डियन इन्स्टिच्युट अफ केमिकल टेक्नोलोजी’, आइआइसीटीले पनि विभिन्न अध्ययन एवम् परीक्षण गरिरहेको छ जसको रिपोर्ट अहिले प्राप्त भइसकेको छैन ।  दिल्लीस्थित एम्स टोलीले १०० भन्दा धेरै रगतका स्याम्पलहरु परीक्षण गरेको थियो जसमा ती धातुहरु भेटिएको हो ।  थप २१ स्याम्पल अहिले फेरि दिल्ली लगिएको छ भने दूधको स्याम्पल पनि परीक्षण भइरहेको छ । 

यसअघि एम्सले त्यस क्षेत्रको पानीको पनि परीक्षण गरेको थियो तर त्यसमा चाहिँ कुनै बाहिरी पदार्थ नभेटिएको बताएको छ । अहिलेसम्म यो रहस्यमयी स्वास्थ्य समस्याका कारण ५०५ बिरामी अस्पताल भर्ना भएको, ३०० जना डिस्चार्ज भइसकेको र एकको मृत्यु भएको बताइएको छ ।  कोभिड महामारीका कारण पहिले नै अस्पतालहरु ठूलो भार परिरहेका बेलामा यो नयाँ समस्याले थप चुनौती उत्पन्न गराएको छ ।  सीएनएन 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC