site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 कोभिड–१९ को भ्याक्सिनको खरिद, आयात र वितरण पारदर्शी बनाउन माग
Sarbottam CementSarbottam Cement

काठमाडौ । देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका १० जना प्रबुद्ध नागरिकले सरकारलाई ‘‘भ्याक्सिन छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न’’ आग्रह गरेका छन् । 

उनीहरूले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै ‘‘राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्ने’’ आशा प्रकट गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञप्तिमा ‘‘महामारी नियन्त्रणको प्रारम्भिक चरणमा झैं अब पनि अव्यवस्था र अनियमितताहरु भए भने त्यसले यो संकटलाई झनै लामो बनाउन सक्ने’’ आशंका पनि प्रकट गरिएको छ । 

विज्ञप्ति जारी गर्ने प्रबुद्ध नागरिकहरूमा पूर्वप्रधान न्यायाधीश सुशिला कार्की, पूर्व उपकुललपतिहरू महेशकुमार उपाध्याय, डा. सुरेशराज शर्मा र केदार भक्त माथेमा, पूर्वमन्त्री विद्याधर मल्लिक, शिक्षाविद् नोबेलकिशोर राई, पूर्व मुख्यसचिव विमल कोइराला, पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला र राष्ट्रिय मानअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी तथा पूर्व नायब प्रहरी महानिरीक्षक रमेश खरेल रहेका छन् ।  

Global Ime bank


प्रेस विज्ञप्तिको पूर्णपाठ 
विश्वव्यापी कोभिड–१९ महामारीले सिर्जना गरेको चौतर्फी संकट र निराशाबीच पछिल्लो समय भ्याक्सिन विकास, परीक्षण र वितरणसम्मका समाचारहरु आइरहेका छन् । यससँगै महामारीबाट मुक्ति पाउन सकिने आशा जागेको छ ।

नेपालले आफैं भ्याक्सिन विकास नगरेकाले हामीकहाँ भ्याक्सिन खरीद, आयात र वितरणको विषय अहिले महत्वपुर्ण बनेको छ । राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्ने छौं । अर्कोतिर महामारी नियन्त्रणको प्रारम्भिक चरणमा झैं अब पनि अव्यवस्था र अनियमितताहरु भए भने त्यसले यो संकटलाई झनै लामो बनाउन सक्नेछ ।

त्यसैले भ्याक्सिन छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्र्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न सरकारलाई अपिल गर्दर्छौं । त्यसो गर्न सके महामारी नियन्त्रणमा बल पुग्ने मात्रै हैन सरकारको आफ्नै विश्वसनीयता बढ्नेछ ।

सुशिला कार्की
महेशकुमार उपाध्याय 
सुरेशराज शर्मा 
विद्याधर मलिक 
अनुराधा कोइराला 
विमल कोइराला
नोवेलकिशोर राई 
मोहना अनसारी 
रमेश खरेल
केदार भक्त माथेमा  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC