site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ठमेलका रात्रीकालीन व्यवसायी आन्दोलित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ठमेल क्षेत्रमा रात्रीकालीन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सूचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनीहरुको माग छ । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अबपनि व्यवसाय सूचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताए । ठमेलको रात्रीकालीन व्यवसाय पूर्ण रुपमा खुला गर्न व्यवसायीहरुले माग गरेका छन् । सबै आधिकारीक निकायमा ज्ञापन पत्र बुझाउँदासमेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरुको भनाइ छ । 

अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए । 
रात्रीकालीन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् । ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन्’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं की आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरु सडक छेउमा उभिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC