site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जेलमा कोभिड–१९ को कारण दङ्गा, आठ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

रासस/सिन्हवा । श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । 

दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका  सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ ।  दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् । 

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ । श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

Global Ime bank

 कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताएका छन् । 
 
कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको पनि रोहनाले बताएका छन् ।  

श्रीलङ्कामा कोरोना शुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट  ११६ जनाको मृत्यु भइसकको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC