site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विकेश कविनका दुई कविता 
Sarbottam CementSarbottam Cement

सिर्जनाको बाटो

सिर्जनाको बाटो
त्यत्ति सरल छैन
त्यत्ति जटिल पनि छैन

सिर्जनाको बाटो
निश्चित छैन
अनिश्चित पनि छैन

Prabhu Bank
Agni Group
NIC Asia

अरूले बनाइदिएको बाटो
निजको सिर्जनाको बाटो हुन सक्दैन
अरूले पत्ता लगाएका मोड र घुम्तीहरूमा
निजको सिर्जना हिँड्न सक्दैन, कुद्न सक्दैन
त्यस्ता बाटाहरूमा
सिर्जनाहरू घाइते हुनसक्छन्
त्यस्ता बाटाहरूमा
सिर्जनाहरूको असामयिक मृत्यु पनि हुनसक्छ

सिर्जनाको बाटो
निःतान्त एक्लो सर्जकको बाटो हो
जसको निर्माण सर्जकले एक्लै गर्नुपर्छ

Global Ime bank

हतार गरेर हुँदैन, पर्खनुपर्छ
अस्थिर भएर हुँदैन, धैर्य गर्नुपर्छ
सतहमा बसेर हुँदैन, गहिरिनुपर्छ
सिर्जनाको बाटो
त्यत्ति सरल छैन
त्यत्ति जटिल पनि छैन

पर्खिएपश्चात्, गहिरिएपश्चात्
निरन्तर सिर्जनात्मक सङ्घर्ष गरेपश्चात्
अध्ययन र मिहिनेत गरेपश्चात्
बल्लबल्ल निर्माण हुन्छ–
सर्जकको सिर्जनाको बाटो
जुन बाटोलाई उसले सजाउँछ–
सिर्जनाका फूलहरूले
सिर्जनाका वृक्षहरूले ।

० ० ०

चराहरू
चराहरूका
अलौकिक गान र संगीत सुनेर
ईश्वर प्रशन्न भएर नै हो
फूलहरू फुल्न थालेका
रङहरू रङ्गिन थालेका
पुतलीहरू नाच्न थालेका
जीवनहरू जिउन थालेका

प्रिय चराहरू,
संसारको निरन्तर उडानको निम्ति भए पनि
तिमीहरू
गीत गाइरहनू
संगीत गुञ्जाइरहनू

मेरा चिरबिरे साथीहरू,
तिमीहरू नै
प्रकृतिको सास हौ
तिमीहरू नै
जगत्को आश हौ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC