site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पुटिन, जिन पिङ, किम जोङसहित यी नेताले दिएनन् बाइडेनलाई बधाई 
Sarbottam CementSarbottam Cement

बीबीसी । शनिबार अमेरिकी राष्ट्रपति चुनावमा जित हासिल गरेसँगै डेमोक्रेट्सका उमेदवार जो बाइडेनलाई विश्वभरबाट बधाई आउने क्रम सुरु भयो । तर त्यही बधाइ दिने सूचीमा केही प्रमुख राष्ट्रनेताहरुको अनुपस्थितिलाई भने अनौठो मानिएको छ । अझ कतिपयले त ट्रम्पलाई नै बधाई दिँदै निर्वाचनमा चलखेल भएको उनको आधारहिन भनाइप्रति समर्थन समेत जनाएका छन् । त्यस्तै कतिले चाहिँ एकदम कम उत्साह सहितको सन्देश पठाएका हुन् ।

रुसका राष्ट्रपति भलाद्मीर पुटिन

चारवर्ष अगाडि डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनलाई सबैभन्दा पहिले बधाई दिनेमध्ये रुसका पुटिन पनि पर्दछन् । तर योपटक भने बाइडेनलाई बधाई दिन न उनले कुनै ट्वीट गरेका छन् न फोन न म्यासेज । यसमा क्रेम्लिनका प्रवक्ता डिमीट्री पेस्कोभले ट्रम्पको चुनाव अभियानले निर्वाचनको नतिजा सम्बन्धी कानुनी कदम अघि बढाउने भएकाले नै बधाई दिनमा ढिला भइरहेको बताएका छन् । उनले संचारकर्मीहरुसँग बोल्दै भनेका हुन्, “अहिलेका लागि हामीले चुनावको आधिकारिक नतिजा पर्खिनु नै उचित हुनेछ ।”  

Prabhu Bank
Agni Group
NIC Asia

तर मस्कोस्थित बीबीसीका स्टिभ रोसेनबर्गका अनुसार चाहिँ यसबाट रुस बाइडेनको जितबाट कम उत्साहित भएको बुझ्न सकिन्छ । वास्तवमा बाइडेनले सार्वजनिकरुपमै रुसको धेरैपटक आलोचना गरेको, अमेरिकाका लागि रुस सबैभन्दा खतरनाक भएको ठहर गर्ने गरेका छन् । अर्कोतर्फ ट्रम्पले पुटिन या रुसको आलोचना एकदम कमै मात्र गर्ने गरेको पाइन्छ । त्यसैगरी २०१६ को अमेरिकी निर्वाचनमा रुसले ट्रम्पको पक्ष लिँदै चुनावमा हस्तक्षेप गरेको आरोप पनि रहेको छ । 

स्लोभेनियाका प्रधानमन्त्री जनेज जन्स  

Global Ime bank

स्लोभेनियाका प्रधानमन्त्री जनेसले आफू ट्रम्पको ठूलो समर्थक रहेको कुरा कहिल्यै लुकाएका छैनन् र गत बुधबार उनले ट्वीट गर्दै ट्रम्पलाई बधाईसमेत दिएका थिए जसबेला मतगणना सकिएकै थिएन । 

यसपछि पनि उनले डेमोक्रेट्सहरुले धाँधली गरेको बारम्बार आरोप लगाइरहेका छन् । शनिबार भने उनले केही संयमतापूर्वक अमेरिका सधैँ स्लोभेनियाको रणनीतिक साझेदार रहिरहने र जो राष्ट्रपति भए पनि दुई देशबीचको मित्रता कायम रहने बताएका थिए । तर अझै बाइडेनलाई बधाई दिएका छैनन् । ट्रम्पकी पत्नी मेलानिया पनि स्लोभेनियन हुन् । 

युरोपेली मुलुक एस्टोनियाका आन्तरिक मन्त्री मार्ट हेल्म

आइतबार एउटा रेडियोमा बोल्दै हेल्म र उनका छोरा अर्थमन्त्री मार्टिन हेल्मले अमेरिकी चुनावमा जालझेल भएको भनि आरोप लगाएपछि सोमबार दुवैले राजीनामा दिएका हुन् । मन्त्री हेल्मले यसअघि पनि बाइडेन र उनका छोरा हन्टरविरुद्ध धेरैपटक भ्रष्टाचारको आरोप लगाइसकेका छन् । हेल्मले यो विषयमा एस्टोनियाको मिडियाले आफूलाई गलत तरिकाले बदनामी गरेकाले राजीनामा दिएको बताएका हुन् । 

ब्राजिलका राष्ट्रपति जैर बोल्सनेरो

ब्राजिलका राष्ट्रपति जैर बोल्सनारो लामो समयदेखिका ट्रम्प समर्थक हुन् । यहाँसम्मकी उनलाई ‘ट्रपिकल क्षेत्रका ट्रम्प’ को नाम समेत दिइएको छ । त्यसैले पनि बाइडेनलाई उनले बधाइ नदिनुलाई त्यति आश्चर्यजनक मानिएको छैन । ब्रजिलियन मिडियाहरुले खबर गरे अनुसार बोल्सेनेरो ट्रम्पको कानुनी प्रक्रियाको पर्खाइमा छन् र त्यो सकिएपछि मात्र यस विषयमा आधिकारिक भनाइ राख्नेछन् । 

मेक्सिकोका राष्ट्रपति अन्द्रेस मेनुअल लोपेज ओब्रेडोर 

ओब्रेडोर अर्का ल्याटिन अमेरिकी राष्ट्रप्रमुख हुन् जसले विभिन्न विवादका वावजुद ट्रम्पसँग राम्रो सम्बन्ध कायम गर्ने प्रयास गर्दै आएका छन् । ट्रम्पले आप्रवासन नीति अन्र्तगत मेक्सिकोको सिमानामा अत्याधिक कडाइ गर्नुका साथै पर्खाल समेत बनाउने प्रतिज्ञा गरेका थिए तर पनि ओब्रेडोर उनको विरुद्धमा खडा भएका छैनन् । 

यहीकारण अहिले उनी अमेरिकी चुनाव सम्बन्धी सतर्क भएर बसेको र कानुनी मुद्दाहरु समाधान भइसकेपछि मात्र यस विषयमा बोल्ने पर्खाइमा रहेको बताइएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै उनले भनेका हुन्, “हामी यो विषयमा विवकेपूर्ण व्यवहार अपनाउन चाहन्छौँ र यसलाई हल्का रुपमा लिनेछैनौँ । दुवै उमेदवारसँग हाम्रो राम्रै सम्बन्ध छ ।”

उनको सो भनाइप्रति डमोक्रेट्सका वरिष्ठ राजनीतिज्ञहरुले आलोचना गर्दै यसलाई ‘ठूलो कूटनीतिक असफलता’ का रुपमा व्याख्या गरेका छन् । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू 

ट्रम्पप्रति असीम समर्थन व्यक्त गर्दै आएका अर्का राष्ट्र प्रमुख, इजरायलका बेन्जामिन नेतान्याहू हुन् । उनले बाइडेनलाई बधाई नदिएका होइनन् तर उनको सन्देशमा ‘राष्ट्रपति निर्वाचन’ भन्ने शब्द कतै उल्लेख गरिएको थिएन । 

एक भिडियो बयानमा उनले भनेका छन्, “जो बाइडेन र कमला ह्यारिसलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु । विगत ४० वर्षदेखि बाइडेनसँग मेरो व्यक्तिगत र न्यानो सम्बन्ध रहँदै आएको छ जसलाई म इजरायलको ठूलो मित्र मान्छु ।”

त्यस्तै भिडियोको अन्त्यमा उनले ट्रम्पलाई पनि सम्मान अर्पण गर्दै व्यक्तिगत रुपमा र इजरायलसँगको मित्रताका लागि धन्यवाद व्यक्त गरेका हुन् । वर्षौँदेखिको अमेरिकी नीतिलाई उल्ट्याउँदे येरुसेलमलाई इजरायलको राजधानी घोषित गर्नु अनि इरानमाथि कडा कदम उठाएकोमा श्रेय दिँदै उनले ट्रम्पलाई धन्यवाद भनेका हुन् । 

साउदीका राजकुमार मोहोम्मद बिन सलमान 

साउदीका राजकुमार मोहोम्मदले बाइडेनलाई निर्वाचित भएकामा बधाई त दिए तर मध्यपूर्वका अन्य राजनेता भन्दा धेरै ढिलो । उनले चुनाव सकिएको २४ घण्टापछि आइतबारका दिन मात्र सन्देश पठाएका हुन् जबकी मध्यपूर्वका अन्य सबै देशबाट शनिबार बधाईको सन्देश पठाइएको थियो । उता त्यही दिन तान्जानियन राष्ट्रपति जोन मगुफुली पुनः निर्वाचित हुँदा भने उनले तुरुन्तै बधाई दिएका थिए । 

वास्तवमा साउदीका पत्रकार जमल खासोग्गीको हत्या प्रकरण अनि यमनमा जारी गृहयुद्धमा साउदी अरेबियाको संलग्नतालाई लिएर बाइडेनले यससँगको सम्बन्धलाई पुनः मूल्यांकन गर्ने प्रतिज्ञा गरेका थिए । 

चिनियाँ राष्ट्रपति शि जिनपिङ

राष्ट्रपति शि जिनपिङले २०१६ मा पोलबाट जित हासिल गरेलगत्तै ट्रम्पलाई बधाई सन्देश पठाएका थिए । तर यसपटक भने अमेरिकी चुनावको नतिजा सम्बन्धी चीनले धेरै ढिलो प्रतिक्रिया जनाएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले, सोमबारमात्र बाइडेन विजयी घोषित भएको सम्बन्धी पत्रकार सम्मेलनमा उल्लेख गरेका हुन् र आगामी दिनहरुमा अमेरिकामा केकस्ता कानुनी प्रक्रिया अघि बढाइनेछ भनेर चीनले ध्यानपूर्वक हेर्ने बताएका छन् । 

बाइडेन चीनविरुद्ध कति कडा रुपमा प्रस्तुत हुनेछन् भन्ने कुराको चीनले विस्तारै मूल्यांकन गर्ने यहीँबाट स्पष्ट हुन्छ । उता राष्ट्रपति ट्रम्पले भने चीनप्रति अत्यन्त कडा रणनीति अपनाउँदै आएका थिए र व्यापारिक युद्धमा संलग्न हुनुका साथै कोरोना महामारीका लागि पनि चीनलाई पूर्ण जिम्मेवार ठहर्याएका हुन् ।  

उत्तर कोरियाली नेता किम जोङ उन 

अमेरिकी निर्वाचन सम्बन्धी उत्तर कोरियाबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । सोमबार बिहानसम्म पनि त्यहाँको मिडियामा यसबारे कतै कहिँ उल्लेख गरिएको थिएन । पहिलो ऐतिहासिक भेटमार्फत नेता किम जोङ उन र ट्रम्पबीच राम्रो सम्बन्ध कायम रहँदै आएको दुवै तर्फको दाबी भएपनि उत्तर कोरिया यस विषयमा चुपचाप बसेको छ । 

यता बाइडेनले भने किमसँग कुनै व्यक्तिगत सम्बन्ध राख्न इच्छुक नभएको बताउँदै आएका छन् । यसअघि किमले पनि बाइडेनलाई ‘कम आइ–क्यु भएको मूर्ख’ भनेर बोलाएका थिए । बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC