site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पेन्सलभानियामा ट्रम्पले बोलाए बृहत पत्रकार सम्मेलन
Sarbottam CementSarbottam Cement

पेन्सलभानिया । अमेरिकी राष्ट्रपतिसमेत रहेका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले 'बृहत पत्रकार सम्मेलन' बोलाएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै पेन्सलभानियाको फिलाडेल्फियामा 'बृहत पत्रकार सम्मेलन'को आव्हान गरेका हुन् । उनले यसअघि ट्विटर गर्दै बृहत पत्रकार सम्मेलनको घोषणा गरेका थिए । तर, अहिले उक्त ट्विटर डिलिट गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बीबीसीले भनेका छन्, "हामीले पेन्सलभानियाबाट थप नतिजाको अपेक्षा गरेका छौं ।"

डेमोक्रेटिक उमेदवार जो बाइडेन निर्वाचित हुनका लागि पेन्सलभानिया जित हासिल गरे पुग्छ । पेन्सलभानियामा बाइडेन ट्रम्पभन्दा २८ हजार ८३३ मतले अघि रहेका छन् ।

Global Ime bank

राष्ट्रपति ट्रम्पले मतदानको प्रक्रियामा धाँधली र गैरकानुनी क्रियाकलाप भएको आरोप लगाउँदै बृहत पत्रकार सम्मेलन आह्वान गरेका हुन् ।

तर, उनले गरेका ट्विटहरु ट्विटरले विवादित र सम्भावित गलत सूचना फैलाएको भएको भन्दै 'लेबल' गरिएका छन् ।

राष्ट्रपति ट्रम्प र उनको टिमले विभिन्‍न राज्यमा मतदान र मतगणनामा धाँधली भएको भन्दै कानुनी उपचार खोजेका छन् ।

हालसम्मको नतिजा अनुसार ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् भने बाइडेनले २५३ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC