site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
को हुन् १६ लाखभन्दा बढी मत ल्याउने अमेरिकी राष्ट्रपतिको महिला उमेदवार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अहिले विश्‍वको ध्यान अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणनातर्फ केन्द्रित भएको छ । फ्रन्टलाइनमा देखिएका सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्प र जो बाइडेन बाहेक अन्य पनि अेमरिकी राष्ट्रपति निर्वाचनमा उमेदवार रहेका छन् ।

अमेरिकी राष्ट्रपतिका लागि एक हजार २१६ जनाले उम्मेदवारी दिएका थिए । जसमध्येकी एक हुन् जो जोर्गेनसन । लिब्रेटेरियन पार्टीकी उमेदवार जोर्गेनसनले १६ लख ८४ हजार नाै सय ९३ मत प्राप्त गरेकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी अमेरिकी राष्ट्रपति चुनावमा तेस्रो शक्तिशाली उम्मेदवार हुन् । उनले हरेक राज्यमा १-२ प्रतिशतको हाराहारीमा मत ल्याइरहेकी छन् ।

६३ वर्षीया जोर्गेनसेन २४ वर्षअघि सन् १९९६ मा अमेरिकी उपराष्ट्रपति पदकी उमेदवार भएकी थिइन् । उनी राष्ट्रपति उम्मेदवार चर्चित अमेरिकी लेखक ह्यारी ब्राउनको रनिङ मेट थिइन् ।

Global Ime bank

साउथ क्यारोलिनाको चौथो कंग्रेसियल डिस्ट्रिक्ट १९९२ मा उमेदवार बनेकी थिइन् । उनले त्यस सयमयमा चार हजार दुई सय ८६ अर्थात २.२ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

उनी अहिले पनि क्लेमसन विश्वविद्यालयकी वरिष्ठ प्राध्यापकसमेत हुन् । सन् १९५७ १ मेमा लिबर्टीभिला इलियोनिसमा जन्मिएकी हुन् । उनले साइकोलोजीमा स्‍नातक र बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर गरेकी हुन् भने इन्डस्ट्रियल र अर्गनाइजेसनल साइकोलोजीमा विद्यावारिधि गरेकी हुन् ।

अमेरिकी निर्वाचनमा चौथो नम्बरमा होवी होउकिन्स हुन् । उनले तीन लाख ३७ हजार मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरुले तीन लाख ६८ हजार मत प्राप्त गरेका छन् ।

फ्रन्टलाइनमा देखिएका मुख्य प्रतिस्पर्धी डेमोक्रेट जो बाइनले २५३ इलेक्टोरल कलेज मत ल्याएका छन् भने रिपब्लिकन डोनाल्ड ट्रम्पले २१४ इलेकटोरल मत प्राप्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन् ५३८ कुल इलेकटोरल कलेज मतमध्ये २७० इलेकटोरल मत ल्याउनुपर्ने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC