site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी निर्वाचनको मतगणना जारी, मुख्य राज्यहरुमा के भइरहेको छ ? 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । नोभेम्बर ३ मा भएको अमेरिकी निर्वाचनो मतगणना जारी रहेको छ । अहिले केही मुख्य राज्यहरुको मतगणना चलिरहेको छ । विश्वको ध्यान अमेरिकी मतदाताहरुले आगामी चार वर्षका लागि आफ्नो राष्ट्र प्रमुखमा कसलाई मत दिएका छन् भन्‍नेतर्फ केन्द्रित भएको छ । 

हालसम्मको नतिजा अनुसार डेमोक्रेटिक उमेदवार जो बाइडेनले २४३ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् भने सत्ताधारी रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेकटोरल कले मत प्राप्त गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

व्हाइट हाउसका लागि निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत आवश्यक हुन्छ । हालसम्म ५० वटा राज्यमध्ये ४४ राज्यको मतगणना सकिसकेको छ । 

अब एरिजोना, जर्जिया, नेवाडा, पेन्सलभानिया, नर्थ क्यरोलिना र विस्कनसिनको मतगणनाको नतिजा आउन बाँकी रहेको छ । यी राज्यहरु नै राष्ट्रपति को हुने भन्‍ने निर्णायक बन्‍ने बीबीसीले जनाएको छ । 

Global Ime bank

बीबीसीका अनुसार बाइडेनको जितका लागि विस्कनसिन, एरिजोना र नेवाडामा जित निश्‍चित गर्न आवश्यक छ । अहिले मतगणना जारी रहेको छ । 

न्युयोर्क टाइम्सका अनुसार जर्जियामा ट्रम्प २४ हजार मतले अघि रहेका छन् । त्यसैगरी नेवाडामा बाइडेनको आठ हजार मतको अग्रता रहेको छ । 

पेन्सलभानिया ९० प्रतिशत मतगणना सकिँदा ट्रम्पले एक लाख ६४ हजार मतले अग्रता कायम गरेका छन् भने एरिजोनामा बाइडेन ८० हजार मतले अघि रहेका छन् । 

नर्थ क्यारोलिनामा ट्रम्पको ७७ हजार मत बढी रहेको छ । विसकन्सिनमा बाइडेनले २० हजार मतको अग्रता लिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC