site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 ट्रम्पको दाबीप्रति फेसबुक र ट्विटरको चेतावनी 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई लक्षित गर्दै सामाजिक सञ्‍जाल प्लेटफर्म फेसबुक र ट्विटरले चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले यसअघि डेमोक्रेटहरुले जितका लागि धाँधली गरिरहेको आरोप लगाउँदै आफ्नो जित निश्‍चित भएको दाबी गरेका थिए । 

मंगलबार राति राष्ट्रपति ट्रम्पले 'एक ठूलो जित ' भन्दै सामाजिक सञ्‍जालमा पोस्ट गरेका थिए । उक्त पोस्ट लगत्तै सामाजिक सञ्‍जाल फेसबुकले एक सन्देश दिँदे निर्वाचनको मतगणना जारी रहेकोले अहिले जित कसैको पनि निश्‍चित नभएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फेसबुकले लेखेको छ, "मतगणना चलिरहेको छ । अहिलेसम्म राष्ट्रपतिमा को निर्वाचित भयो भन्‍ने निश्‍चित भइसकेको छैन । भोटिङ इन्फरमेसन सेन्टरको पेजलाई लिंक गरेर फेसबुकले यस्तो चेतावनी दिएको हो । 

त्यसैगरी डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको भन्‍ने पोस्टमा समेत फेसबुकले चेतावनी सन्देश पोस्ट गरेको छ ।

Global Ime bank

फेसबुकले लेखेको छ, "राष्ट्रपति ट्रम्पले निर्वाचनमा विजयी भएको अपरिपक्‍व दाबी गरिरहनु भएको छ । हामीले फेसबुक र इन्स्टाग्राममा नोटिफिकेसन दिन सुरु गरेका छौं । मतगणना भइरहेको छ । विजयी को हुन्छ भनेर घोषणा अहिलेनै गर्न सकिन्‍न । हामी दुबै उमेदवारका सामाजिक सञ्‍जालका सूचनालाई हेरिरहेका छौं ।"

ट्रम्पले ट्विटरमा पनि यही पोस्ट गरेका छन् । ट्विटरले पनि चेतावनी दिँदै भनेको छ, " यो निर्णय विवादस्पद छ र चुनाव वा अन्य नागरिक प्रक्रियाको बारेमा भ्रामक हुन सक्छ ।" - हफपोस्ट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC