site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 निर्वाचनको मुख्य दिन के गर्दैछन् ट्रम्प र बाइडेन ? 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । आज आगामी चार वर्ष अमेरिकाको भविष्य कस्तो बनाउने भन्‍ने कुराको फैसला गर्न अमेरिकी मतदाताहरुले मतदान गरिरहेका छन् । रिपब्लिन उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेट उमेदवार जो बाइडेनमध्ये एकजनालाई आगामी चार वर्षका लागि अमेरिकाको राष्ट्रपतिको रुपमा चयन गर्ने भएका छन् । 

यसअघि गरिएका मत सर्वेक्षणका नतिजा अनुसार जो बाइडेनले अग्रता लिएका थिए । तर, मत परिणाम आएपछि मात्रै अमेरिकी नागरिकले कसलाई अवसर दिनेछन् भन्‍ने कुरा थाहा हुन्छ । निर्वाचनको दिन उमेदवार र समर्थकलाई साँच्च‍िकै एक व्यग्र प्रतिक्षाको क्षण हुने गर्दछ । जब मतदान सकिन्छ तब वास्तविक पर्खाइ सुरु हुन्छ । 

निर्वाचनको मुख्य दिन मंगलबार राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमै समय बिताउने भएका छन् । उनले केही न्युज च्यानललाई अन्तर्वार्ता दिनुका साथै केबल टिलिभिजमा आएका समाचारहरु हेर्ने छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले उनको एक मनपर्ने टीभी न्युज सो फक्स एन्ड फ्रेन्डलाई फोनमार्फत नै अन्तर्वार्ता दिने कार्यक्रम रहेको जनाइएको छ । उनलाई शारीरिकरुपमा आजको दिन आरामको दिन भए पनि मानसिक रुपमा भने निकै ठूलो पर्खाइको समय हुनेछ । उनले यसअघि तीन दिनमा १४ वटा र्‍यालीहरुलाई सम्बोधन गरेका छन् । 

उनले उपराष्ट्रपति माइक पेन्स र उनका परीवारका साथमा नै मतपरिणामको पर्खाइमा रहनेछन् । 

Global Ime bank

त्यसैगरी राष्ट्पति पदका डेमोक्रेट उमेदावार जो बाइडेनले मुख्य निर्णायक राज्य पेन्सलभानियाका असन्तुष्ट मतदाताहरुलाई रिझाएर आफ्नो पक्षमा मतदान गर्न लगाउने रणनीतिमा व्यस्त रहनेछन् । पूर्व उपराष्ट्रपतिसमेत रहेका बाइडेनले आफ्नो बाल्यकालको बिताएको गृहनगर स्क्रान्टन र फिलाडेल्फियामा मतदाता परिचालन कार्यक्रम गर्नेछन् । 

त्यसपछि उनी डेलावरस्थित अहिलेको घरमा पुगेर मतपरिणामको पर्खाइमा हुनेछन् । 

मंगलबारपछि बाइडेनले विलमिङटनबाट आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । डेलावरमा बाइडेनसँगै उनकी श्रीमती जिल बाइडेन, उपराष्ट्रपति उमेदवार कमला ह्यारिस र उनको श्रीमान्‌ डुगलस एम्हफ पनि रहनेछन् । 

अबको चार वर्ष अमेरिकालाई कुन बाटोमा लैजाने भन्‍ने कुरा अहिले अमेरिकी मतदाताहरूको हातमा छ ... । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC