वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोराले कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु 'लगभग केही पनि नभएको' बताएका छन् ।
उनले बिहीबार फक्स न्युजसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संयुक्त राज्य अमेरिकाभर बिहीबार एकैदिन एक हजार ४९ कोरोना संक्रमितको मृत्यु भउको कोभिड ट्र्याकिङ प्रोजेक्टले जनाएको छ ।
डोनाल्ड ट्रम्प जुनियरले संक्रमणको दैनिक वृद्धिको विषयलाई आलोचना गरेका थिए । बिहीबार करिब ८५ हजार कोरोना संक्रमित थपिएका हुन् । संयुक्त राज्य अमेरिकामा हाल ४६ हजार संक्रमित अस्पतालमा रहेका छन् ।
अमेरिकामा हालसम्म दुई लाख २० हजार कोरोना भाइरस संक्रमितको मृत्यु भइसकेको छ ।
नोभेम्बर ३ मा निर्वाचन सुरु हुनुभन्दा चार दिनअघि राष्ट्रपतिका दुबै उमेदवारले चुनावी अभियानमा व्यस्त रहेका छन् । - बीबीसी