site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 धानको न्यूनतम समर्थन मूल्य तोकिए पनि किसान सस्तोमा बिक्री गर्न बाध्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोके पनि किसानहरु भने सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी गर्न ढिलाइ गर्दा किसानहरु सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । 

सरकारले न्यूनतम समर्थन मूल्यमा सहकारीमार्फत धान खरिद गर्ने व्यवस्था गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा सरोकारवालाहरुले सरकारको कमजोरीका कारण किसानहरु सधैँ मारमा परेको बताएका हुन् । राष्ट्रिय कृषक समूह महासंघका उपाध्यक्ष पञ्‍चकाजी श्रेष्ठले सरकारले असार महिनामै धानको न्यूनतम समर्थम मूल्य तोकेको भए पनि व्यापारीहरुबाट किसानहरु ठगिने क्रम यस वर्ष पनि नरोकिएको बताए । तीनवटै तहका सरकारी निकायहरु जिम्मेवार नबन्दा समयमै धान खरिद हुन नसकेकोले व्यापारीहरुले फाइदा लिने मौका पाएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल कृषि सहकारी केन्द्रीय महासंघका अध्यक्ष खेम पाठकले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा धेरै कम मूल्यमा व्यापारीहरुले किसानबाट धान खरिद गरिसकेको बताए । अहिलेसम्म सहकारीले करिब २० मेट्रिकटन मात्रै धान खरिद गर्न सकेको उनले बताए । सरकारले समयमै निर्देशिका जारी नगर्दा किसानबाट धान खरिद गर्न नसकिएको उनको भनाइ छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने खाद्य तथा व्यापार कम्पनीमार्फत खरिद गर्दै आएकोमा किसानको पहुँच बढाउन सहकारीमार्फत धान खरिद गर्ने व्यवस्था मिलाइएको बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका जोन सुपरजोनमा सूचिकृत सहकारीमार्फत न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने गरी निर्देशिका जारी भइसकेको उनले बताए । 

Global Ime bank

किसानबाट धान खरिद गरिसकेपछि सहकारीहरुले १५ दिन भित्रमा धानको मूल्य कृषकको खातामा पठाउने व्यवस्था मिलाइएको पनि उनले बताए । किसानबाट धान खरिद गरी स्टोरेज गर्नेदेखि बजारसम्म पुर्‍याउने व्यवस्था गरेवापत सहकारीहरुलाई सरकारले प्रति क्‍विन्टल ११२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने पनि डा. केसीले बताए ।

सरकारले गत असारमा यस आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रति क्‍विन्टल २ हजार ७३५ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्‍विन्टल २ हजार ८८५ रुपैयाँ तोकेको थियो । मन्त्रालयले सहकारीमार्फत धान खरिद गर्ने व्यवस्था समेत गरेको छ । तर धान खरिद गर्नको लागि कात्तिक ४ गते मात्रै मन्त्रिपरिषदबाट ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका- २०७७’ स्वीकृत भएको छ । 

जसका कारण सहकारी संस्थाहरुले समयमै धान खरिद गर्न सकेनन् । असारमा लगाइएको धान मंसिरमा नै पाकिसकेको र पाक्नेबित्तिकै बिक्री गर्नुपर्ने बाध्यताका कारण किसानहरुले सस्तो मूल्यमा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका छन् । यस देशभर वर्ष करिब १५ लाख हेक्टरमा धान खेति भएको छ भने करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने आनुमान मन्त्रालयले गरेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC