site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मानव अधिकारवादी प्याकुरेलमाथि मानव अधिकार हननको गम्भीर आरोप 

काठमाडौं । मानवअधिकारवादी सुशील प्याकुरेलमाथि मानव अधिकार हननको गम्भीर आरोप लागेको छ । साउथ एसियन्स फर ह्युमन राइट्स (एसएएचआर)को ब्युरो सदस्यका लागि प्याकुरेलको उमेदवारी परेपछि उनीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले प्याकुरेलकै नेतृत्वमा गम्भीर मानव अधिकार हननका काम भएको भन्दै उमेदवारी रोक्न उजुरी गरेका छन् ।

श्रीलंकामा केन्द्रीय कार्यालय रहेको एसएएचआरको सदस्यमा १६४ जना रहेका छन् । ती सदस्यले ब्युरो सदस्यका लागि अनलाइन मतदान गरिरहेका छन् । बुधबार दिउँसो १२ बजेसम्म अनलाइन मतदानको समय रहेको छ ।

प्याकुरेलको उमेदवारी दर्तापछि दाबी विरोधका क्रममा अधिवक्ता अर्यालले उजुरीमा चारवटा आरोप लगाएका छन् ।

पहिलो आरोप प्याकुरेलको अध्ययनको प्रमाणपत्र नक्कली भएको विषयमा छ । अर्यालका अनुसार प्याकुरेलले व्यापार प्रवर्द्धन केन्द्रको नासुमा जागिर खाँदा नक्कली सर्टिफिकेट पेस गरेको आरोप छ । उनको सर्टिफिकेट नक्कली भएपछि प्रवर्द्धन केन्द्रले उनलाई हटाएको थियो । यससम्बन्धी यसअघि पनि विभिन्न पत्रपत्रिकामा आएका समाचारलाई अर्यालले आधार मानेका छन् ।

दोस्रो आरोप छ– उनी गम्भीर मानव अधिकार हननमा सक्रिए भएका व्यक्ति हुन् ।

२०३६ सालको जनमत संग्रहका बेला नेपाली कांग्रेसका नेता गणेशमान सिंह, प्रदीपमान सिंह र ध्यानगोविन्द रन्जितलगायतका नेताहरू हेटौंडामा भएको सभालाई सम्बोधन गर्न गएका थिए । त्यसबेला माले निकट रहेका प्याकुरेल नेतृत्वको समूहले उक्त सभा सकिन लाग्दा बिथोलेको मात्र होइन सांघातिक हमला समेत गरेको थियो ।

फलामे रडलाई टुप्पोमा छाताको डण्डीजस्तै बाङगो बनाएर सभामा रहेका गणेमान सिंह, प्रदीपमान सिंह र ध्यानगोविन्द रञ्जितको लुगामा पछाडिबाट अल्झाएर मञ्चबाटै लडाइएको थियो । मञ्चबाट लडाएपछि उनीहरुको कपडा च्यातेर नाङ्गै बनाइएको रञ्जितको भनाइ छ । त्यहाँबाट उनीहरूलाई प्याकुरेलसहितको टोलीले लखेटेका थिए । नजिकै रहेको घरमा पसेपछि पनि घरबाट निकालेर आक्रमण गरेका थिए, तर अन्य सर्वसाधारण आएर मात्रै गणेशमान सिंहको ज्यान जोगिएको थियो ।

उक्त सभा बिथोल्ने प्रमुख नेतृत्वमा सुशील प्याकुरेल, बद्रीप्रसाद खतिवडालगायतका रहेका थिए । रञ्जितका अनुसार बहुदलको पक्षमा र जनमत संग्रहको पक्षमा प्रचार गरेका कारण उनीहरूमाथि आक्रमण भएको थियो । तेस्रो आरोप छ– नक्कली सर्टिफिकेटको विषय मानवअधिकार आयोगको सदस्य भएका बेला पनि विषय उठेपछि उनले पेस गर्न सकेनन् र अहिलेसम्म आफ्नो सर्टिफिकेट सक्कली भएको प्रमाण सार्वजनिक गर्न सकेका छैनन् ।

र, चौथो आरोप छ–उनी नेकपाकै कार्यकर्ता हुन् । 

अर्यालले लगाएको आरोप गम्भीर भएको भए पनि अहिले तत्कालै छानबिन गर्न नसकिएको हुँदा यसलाई पछि छानबिन गर्नेगरी अहिले उमेदवारी खारेज गर्न नसकिने जवाफ एसएएचआरले दिएको छ ।

स्रोतका अनुसार प्याकुरेलले एसएएचआरको ब्यूरो सदस्यमा निर्वाचित भएपछि नेपालमा पनि उच्च तहमा नियुक्तिको लागि प्रयास गरेका छन् । उनी यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारमा करिब चारवर्ष रहेका थिए । प्याकुरेलले बाह्रखरीसँग कुरा गर्दै आफू अहिले विराटनगरमा भएको र आरोपका बारेमा कुनै टिप्पणी गर्न नचाहेको बताए ।

उनले विदेशी साथीहरुले उमेदवारी दर्ता गरिएको, अनलाइन भोटिङ गरेको तर आफूविरुद्ध लागेको आरोपका विषयमा कुनै टिप्पणी गर्न नचाहेको बताए ।


 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro