site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 भारत र अमेरिकाले स्याटेलाइट डाटा प्याक्ट मा हस्ताक्षर गर्ने 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतले संयुक्त राज्य अमेरिकासँग सैन्य सम्झौताअन्तर्गत संवेदनशील स्याटेलाइट डाटा सेयर गर्नका लागि स्याटेलाइट डाटा प्याक्टमा हस्ताक्षर गर्ने भएको छ । यस क्षेत्रमा चीनको बढ्दै गइरहेको शक्तिलाई काउन्टर गर्ने विषयमा दुबै पक्षबीच उच्‍चस्तरीय वार्ता भइरहेको छ । 

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क इस्पर सोमबार नयाँ दिल्ली पुगेका थिए । दशकौंपछि भारत-चीनबीच उत्तरी सीमा क्षेत्रमा तनाव सिर्जना भएपछि भारतले अमेरिकासँगको सहकार्यलाई बढावा दिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

संयुक्त राज्य अमेरिकाले पनि चीनमाथि कूटनीतिक दबाब सिर्जना गरेको छ । चीनले कोरोना भाइरस महामारी नियन्त्रण गर्न नसक्दा विश्वभर फैलिएको भन्दै अमेरिकाले आलोचना गरेको छ । त्यसैगरी साउथ चाइना सी र हङकङ राष्ट्रिय सुरक्षा कानुन लागु गरेको भन्दै अमेरिकाले चीनको चर्को आलोचना गरिरहेको छ । 

अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले मंगलबार दुई प्रजातान्त्रिक मुलुकहरुका लागि नयाँ अवसर भएको बताएका छन् । उनले भने, "आज दुई प्रजातान्त्रिक मुलुकका लागि नयाँ अवसर हो । हामीले एकसाथ धेरै काम गर्नुपर्ने छ । हामीले वुहानबाट सुरु भएको महामारी, चिनियाँ कम्युनिस्ट पार्टीले उत्पन्‍न गराएको खतरा, सुरक्षा र स्वतन्त्रताका विषयमा छलफल गर्नेछौं ।" - अलजजिरा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC