site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, ४२ हजार जनामा संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।  

एनआरएनए स्वास्थ्य समिति संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार विभिन्‍न ४२ मुलुकमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको पनि समितिले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।  हाल सम्म १९ देशका २८४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।  

यस्तै नेपालमा मात्र एक लाख ५५  हजार दुई सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख आठ हजार तीन सय ३४ जना  कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।  

Global Ime bank

हिजो शनिबार साँझसम्म नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।  हालसम्म विदेशसहित कोरोना भाइरसका कारण १ हजार १ सय २६ नेपालीले ज्यान गुमाएका छन् ।  

मास्कको प्रयोग गरौं 
मास्को प्रयोग गर्नाले सयौंको संख्या मानिसहरुको ज्यानबाट जोगिने गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । मास्कको प्रयोगका कारण संक्रमण वृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्कको प्रयोग गर्न समितिले आग्रह गरेको छ । संयोजक सापकोटाका अनुसार अमेरिका, युरोपका देशहरुका गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निष्कर्ष निकालिएको छ । स्वास्थ्य समितिले सार्वजनिक स्थलमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउनसमेत अनुरोध गरेको  छ । 

उद्धार 
कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीहरुको उद्धार जारी छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८ सय २९ जना नेपालीहरुको उद्धार गरिएको गैरआवासीय नेपाली संघको कोभिड-१९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC