site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा एकैदिन ८३ हजार संक्रमित थपिए, डब्लूएचओले भन्‍यो - संक्रमण थप खतरानाक हुने
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । संयुक्त राज्य अमेरिकामा नोभेल कोरोना भाइरसको संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । स्थानीय स्वास्थ्य अधिकारीका अनुसार शुक्रबार एकदिनमा ८३ हजार १० नयाँ संक्रमित फेला परेका हुन् ।

अमेरिकी सर्जन जनरल जेरोमी अडाम्सले अस्तपाल भर्ना हुनेहरुको संख्या बढ्दै गएको बताएका छन् । तर, अस्तपालमा संक्रमितको हेरचाह राम्रो भएकोले मृत्युदर भने घट्दै गएको उनले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख पुगेको छ । यसअघि १७ जुलाईमा अमेरिका सबैभन्दा बढी एकदिनमा ७६ हजार ८४२ कोरोना संक्रमित फेला परेका थिए भने शुक्रबार थप ६ हजारभन्दा बढी ८३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । 

अमेरिकामा गत साता चार लाख ४१ हजार ५४१ कोरोना संक्रमित थपिएका छन् भने यो संख्या जुलाईपछिको एक सातामा देखिएको संक्रमितको संख्याभन्दा बढी हो ।

Global Ime bank

पछिल्लो ६ दिनदेखि लगातार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । तर, हाल पनि अप्रिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने कमी आएको छ । अप्रिलमा दैनिक दुई हजारले ज्यान गुमाएका थिए । 

शुक्रबारसम्म ४१ हजार ४८५ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत रहेका छन् । बिहीबार ७४ हजार ३८० कोरोना भाइरस संक्रमित थपिएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले उत्तरी गोलार्धमा रहेका मुलुकहरु 'गम्भीर मोड' पुगेको बताएको छ । 

डब्लूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रेयससले भने, "आगामी केही महिना थप कठोर हुने र केही मुलुकहरु खतरानाक अवस्थामा पुग्‍नेछन् ।" -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC