site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 १६० बलात्कार र यौन हिंसामा संलग्‍न एक इटालियन नागरिक पक्राउ 
Sarbottam CementSarbottam Cement

पेरिस । १६० बलात्कार र यौन हिंसामा संलग्‍न एक इटालियन नागरिकलाई फ्रान्सको सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ । 

जर्मनीको 'खोजी सूची' रहेका ५२ वर्षिय इटालियन नागरिकलाई गत शुक्रबार नियन्त्रणमा लिएको फ्रान्सको बीएनआरएक ब्रिगेडले बताएको छ । उनलाई फ्रान्सको सीमा क्षेत्र मलहाउसन नजिकैको रुमेर्सहेइम-लि-हउटबाट नियन्त्रणमा लिइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले बालिका र किशोरीहरुलाई निशाना बनाएर बलात्कार गर्ने गरेको पाइएको छ । सन् २००० देखि २०१४ सम्म आफ्नो साथीका बालबालिकाहरुलाई आक्रमण गर्ने गरेको पाइएको हो । 

अधिकारीहरुका अनुसार उनीविरुद्ध जर्मनीमा १२२ मुद्दा परेका छन् । फ्रान्स अधिकारीहरुका अनुसार उनले वर्षौंसम्म आफ्नै छोरीलाई बलात्कार गर्ने गरेकोसमेत पाइएको छ । 

Global Ime bank

जर्मनीका अधिकारीहरुले ७ अक्टोबरमा फ्रान्सेली समकक्षीहरुलाई उनी सीमा क्षेत्र पार गर्ने तयारीमा रहेको र सतर्कता अपनाउन आग्रह गरेको थियो । उनलाई १६ अक्टोबरमा नियन्त्रणमा लिएको हो । 

सुपुर्दगी प्रक्रियाका लागि उनलाई अहिले कोलमारमा राखिएको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC