site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प र बाइडनबीचको अन्तिम चुनावी बहस कोभिड, जलवायु परिवर्तन र जातीय विषयमा केन्द्रित
Sarbottam CementSarbottam Cement

वाशिङ्‌टन । नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनका लागि रिपब्लिकन उमेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट उमेदवार जो बाइडेनबीचको अन्तिम टेलिभिजन बहस कोभिड-१९ र जातियताका विषयमा केन्द्रित भएको छ । 

टेनेसी राज्यको नास्भिलमा भएको उक्त बहसको लागि तोकिएका विषय कोभिड-१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातिय विषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व रहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतिय बहसपछि १६ हजार अमेरिकीको कोभिड-१९ बाट ज्यान गुमाएकोबारे प्रश्‍न सोधेकी थिइन्।

महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले भने, "हामीसँग खोप छ । त्यो आउँदैछ । त्यो तयार भइसकेको छ । त्यो केही सातामै घोषणा हुँदैछ ।"

Global Ime bank

बाइडनलाई सुरुमा कोरोना भाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि सोधिएको थियो । कोरोना भाइरसको साटो व्यापार र अर्थतन्त्रलाई जोडेर बाइडनको जवाफ दिए, "म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु ।"

बहसअघि बाइडनका सल्लाहकारहरूले उनले उक्त कार्यक्रमलाई अमेरिकी जनतासँग सिधा कुरा गर्न प्रयोग गर्ने बताएका छन् । ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उनलाई गल्ती गर्न दिनुपर्ने बताए ।

अमेरिकामा निर्वाचनमा अगावै चार करोड ७० लाख मानिसहरुले मतदान गरिसकेका छन् । अमेरिकामा २३ करोड ७० लाख योग्य मतदाताहरु रहेका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC