site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 कोलकातालाई पराजित गर्दै बैंगलोर दोस्रो स्थानमा उक्लियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलार अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । 

जारी आईपीएलको ३९ औं खेलमा कोलकाताले बैंगलोरलाई दिएको ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बैंगलोरको जितका लागि देवदत्त पाडिकलले २५ रन जोडे । उनले १७ बलमा तीन चौका प्रहार गर्दै २५ रनमा रन आउट हुन पुगेका थिए । त्यस्तै आरोन फिन्चले १६ रन जोड्दा कप्तान विराट कोहली १८ रन र गुर्कीरत सिंह २१ रनमा अविजित रहे । कोलकाताका लागि फेर्गुन्सनले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोलकाताले खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । कालकाताले बैंगलोरलाई सुम्पेको यो जारी सिजनको सबैभन्दा कम रनको लक्ष्यसमेत हो । तर, आईपीएल इतिहासमा सबैभन्दा कम रनको लक्ष्य  सुम्पिने टोलीको पहिलो स्थानमा बैंगलोर रहेको छ । बैंगलोरले २०१७ को आईपीएलमा कोलकाताविरुद्ध ४९ रन जोडेको थियो । 

Global Ime bank

कोलकाताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडेका थिए । त्यस्तै फेर्गुन्सनले १९ रनमा अविजित रहँदा कुलदीप यादवले १२ रनको योगदान दिएका थिए । टोम ब्यानटोनले १० रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकमा रन छुन सकेनन् ।  

विकेटकीपर ब्याट्सम्यान दिनेश कार्तिक र पाट कुमिन्स समान ४ रनमा पेभिलियन फर्किदा राहुल त्रिपाठी र सुभमन गिल समन एक एक तथा नितिन राना डक आउट हुन पुगेका थिए ।  

कोलकातालाई सस्तैमा समेट्न बैंगलोरका लागि मोहम्मद सिराजले सर्वाधिक तीन विकेट लिए । त्यस्तै युजभेन्द्र चाहलले दुई तथा नवदीप सैनी र वासिङटन सुन्दरले एक एक विकेट लिए । 

यस जितसँगै बैंगलोरले जारी आईपीएलका दस खेल खेल्दा सात खेल जितेको छ । मात्र तीन खेल गुमाएको बैंगलोरले १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि दिल्ली रन रेटका आधारमा शीर्ष स्थानमा छ । कोलकाताको भने दस खेलमा यो पाँचौ हार हो । १० अंक जोडेको कोलकाता चौथो स्थानमा छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  २३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC