site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
वायु प्रदूषणले कोरोना संक्रमणको जोखिम उच्च : अध्ययन 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । पछिल्लो दुई सातामा राजधानी नयाँ दिल्ली र उत्तरी सहरहरुमा वायु प्रदुषणको अवस्था निरन्तर बिग्रिँदै गएको छ । 

यो कोरोना भाइरसविरुद्धको भारतको लडाईंका लागि सुखद समाचार होइन । विभिन्‍न अध्ययनहरुले वायु प्रदुषणले करोना भाइरसको संक्रमण र संक्रमितको मृत्यु अवस्थालाई थप उच्च बनाउने देखाएका छन् । 

हार्वर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा वायुमा हुने खतरनाक प्रदूषित कण (पीएम २.५) को मात्रा प्रति घनमिटरमा एक माइक्रोग्राम मात्रै वृद्धि भएमा पनि कोरोना भाइरसबाट हुने मृत्युदरमा आठ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अर्को अनुसन्धानमा प्रदूषित वायु रहेको क्षेत्रका बासिन्दा र उनीहरुमा कोरोना भाइरसको संक्रमणको गम्भीरताबीच सम्बन्ध रहेको पाइएको छ ।

कोरोना भाइरसको संक्रमणका सम्बन्धमा नाइट्रोजन अक्साइड, कारसहितका सवारी साधानबाट निस्कने धुवाँ तथा इन्धन जलाउँदा निस्कने धुवाँका कारण जमिनको तहमा रहेको ओजोन सबैभन्दा घातक रहेको पाइएको छ ।

Global Ime bank

यस्तो प्रदूषित वायुले कोरोना भाइरसका कारण हुने संक्रमणलाई थप गम्भीर बनाउने अनुसन्धान सहयोगी मार्को ट्राभाग्लिओले बीबीसीसँग बताएका छन् ।

दिल्लीमा पछिल्लो साताहरुमा पीएम २.५ को स्तरमा रहेको र जसमा १८०-३०० माइक्रोग्राम प्रति घनमिटर हुने गरेको पाइएको छ । यो विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षाको मापदण्डको १२ गुणा बढी हो ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै जारी गरिएको लकडाउनका कारण दिल्लीसहित विश्वका अन्य प्रदूषित सहरका बासिन्दाले स्वच्छ हावाबाट श्वास लिन पाएका थिए । तर लकडाउन खुलेसँगै पुनः प्रदूषण बढेको हो ।

भारतमा वायु प्रदूषण र कोरोना भाइरस संक्रमण तथा त्यसबाट हुने मृत्युका सम्बन्धमा केन्द्रित भएर भएको अनुसन्धानको प्रतिवेदन भने सार्वजनिक हुन बाँकी छ । तर, चिकित्सक तथा सरुवा रोग विज्ञहरुले विगत लामो समयदेखि प्रदूषित वायुले कोरोना भाइरस विरुद्धको भारतको युद्धलाई प्रभावित गर्ने चेतावनी दिँदै आएका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement