मुम्बई । बलिउड अभिनेता आमिर खान हाल दिल्लीमा आफ्नो बहुप्रतिक्षित चलचित्र ‘लालसिंह चड्डा’ को छायांकन गर्दैछन् ।
चलचित्रकै एक दृश्य छायांकनका क्रममा अभिनेता आमिरलाई चोट लाग्यो । यद्यपि आमिरले छायांकन नरोकी केही समयको आरामपछि नै पेन किलर खाएर उनी छायांकनमा फर्किएको सेटकै एक स्रोतले भारतीय सञ्चारमाध्यमलाई जनाएका छन् ।
बलिउडका 'मिस्टर पर्फेक्सनिस्ट'को रुपमा पनि परिचित आमिरले कामप्रतिक आफ्नो लगनशीलता र समर्पण यस घटनाबाट पुनः एकपटक प्रमाणित गरिदिएका छन् ।
आमिर उनको कारणले चलचित्रको छायांकनमा ढिलाइ चाहँदैनन् । यहि कारण उनी मेडिकल टिमको उपलब्धतामा छायांकनलाई निरन्तरता दिइरहेका छन् ।
चलचित्रका मुख्य पात्रमध्ये एक करिना कपुरले एकदिन अगाडि मात्रै यस चलचित्रमा आफ्नो भागको छायांकन सकिएको जानकारी दिइसकेकी छिन् ।
यो चलचित्र हलिउड अभिनेता टम ह्यांक्सको चलचित्र ‘फोरेस्ट गम्प’ बाट प्रेरित रहेको छ । - बलिउड हंगामा