site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्‍त्री ओलीले भने- सबैको साझा प्रयासबाट विपत्‌ जोखिम न्यूनीकरण सम्भव छ
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्राकृतिक विपत्‌ जोखिम न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।

प्राकृतिक विपत्‌ जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई उनले व्यापक जागरण र सबैको साझा प्रयासबाट जोखिम न्यूनीकरण गर्न सकिने बताएका हुन् । जोखिम प्रकट हुनै नपाउने र भइहाले त्यसको समाधान कसरी गर्ने भन्‍ने सम्बन्धमा सरकार तत्पर रहेको पनि प्रधानमन्त्री ओलीले बताए । उद्धार, राहत र पुनर्निर्माणका कामहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सरकारले आफ्नो सहभागितालाई बढाउँदै लगेको पनि उनले बताए । 

KFC Island Ad
NIC Asia

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहित गर्ने र सबै तहमा जानकारी गराउने काम भइराखेको पनि प्रधामन्त्री ओलीले बताए । सन् २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्यले पनि विपत्‌ जोखिमको सन्दर्भमा महत्त्वपूर्ण दृष्टिकोण अगाडि सारेर काम गरिराखेको पनि उनले बताए । नेपालमा विपत्‌ जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्‍न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि प्रधानमन्त्री ओलीले बताए । विपत्‌ न्यूनीकरणका लागि मानविय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकता भएको पनि उनको भनाइ थियो ।

पछिल्लो समय कोरोना भाइरसले मानवीय र अर्थतन्त्रमाथि गम्भिर क्षति पुर्‍याएकाले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने उनको भनाइ थियो । 

Royal Enfield Island Ad

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्व कोरोना महामारीको विरुद्ध जुधिरहेको अवस्थामा सम्पूर्ण व्यक्ति एक भई विपत्‌को समाना गर्न दिवसले सबैलाई प्रतिवद्ध बनाउने विश्वास व्यक्त गरे । प्राकृतिक विपत्‌विरुद्ध एक्लै लड्न असम्भव हुने भएकाले सबै पक्ष एक भएर काम गर्नुपर्नेमा उनले जोड दिए । 

गृहमन्त्री थापाले नेपालमा यस वर्षको मनसुनमा पाँच सयभन्दा बढीको संख्यामा मानवीय क्षति भएको र एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको बताए । प्राकृतिक विपत्‌ न्यूनीकरणका लागि सरकारले आवश्‍यक ऐन, नियमावली र कार्यविधिको पनि व्यवस्था गरेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro