site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले अब 'अरूलाई भाइरस सार्न नसक्ने'
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब अरूलाई कोभिड-१९को संक्रमण सार्ने खतरा नरहेको उनको उपचारमा रहेका चिकित्सकले बताएका छन् । ट्रम्पको उपचारमा संलग्‍न चिकित्कक डा. सीन कोन्लेले दिएको यो विवरण नै ट्रम्पको स्वास्थ्यबारे बिहीवार यताको पहिलो औपचारिक विवरण हो ।

कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा भर्ना भए यता पहिलोपटक राष्ट्रपति ट्रम्पले शनिबार व्हाइट हाउसमा समर्थकहरूको भिडलाई सम्बोधन गरेका थिए । तीन दिन अस्पताल उपचार गराएका ट्रम्पले अरूलाई रोग सार्ने हुन् कि भनेर गम्भीर चासो व्यक्त भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

चिकित्सकले उनको शरीरमा अब ‘भाइरस संख्या बढाउन सक्ने किसिमको स्थितिमा नरहेको’ भन्दै उनको शरीरमा भाइरसको संख्या घटिरहेको जनाएका छन् । डा. कोन्लीले राष्ट्रपति ट्रम्पको शरीरमा कति भाइरस छ भन्‍ने जाँचिएको बताए।

उनले भने, “राष्ट्रपति सीडीसीले तय गरेको मापदण्ड बमोजिम आइसोलेसनबाट बाहिर निस्कने अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । आज बिहानको गरिएको जाँचबाट उनीबाट अब अरूलाई कोभिड-१९ सर्ने खतरा छैन ।”

Global Ime bank

ट्रम्पलाई १० दिनअघि कोरोना भाइरसको लक्षण देखिएको थियो । पछि उनी अक्टोबर २ तारिखका दिन अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उनलाई अन्य औषधिसहित डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो जुन प्राय:जसो भाइरसका कारण स्वास्थ्य अवस्था गम्भीर रहेकाहरूलाई दिने गरिन्छ ।

डा. कोन्लीको यो पछिल्लो अभिव्यक्ति ट्रम्पले व्हाइट हाउसमा भएको एक भेलामा "आफूले राम्रो" महसुस गरिरहेको बताएसँगै सार्वजनिक भएको हो । उनले हाल आफूले कोभिड-१९ विरुद्ध कुनै पनि किसिमको औषधि नलिएको बताएका छन् ।

शनिबारको उक्त कार्यक्रम आधिकारिक रूपमा "शान्तिपूर्ण र्‍याली" थियो । तर आलोचकहरूले भने त्यो कार्यक्रम ट्रम्पको चुनावी अभियान जस्तो देखिएको टिप्पणी गरेका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC