site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाङ राजधानी तोक्न नेकपाको ह्विप, १४ जनाको नोट अफ् डिसेन्ट, नेकपा एक्लैको दुई तिहाइ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँच नम्बर प्रदेश संसदीय दलले दाङको भालुवाङ राजधानी तोक्न ह्विप लगाएको छ । शनिबार बसेको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश र दाङको भालुवाङ मुकाम तोक्ने प्रस्तावको पक्षमा मत हाल्ने निर्णय गरेको हो । दाङ राजधानी तोक्ने सन्दर्भमा रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासीका करिब १४ जना सांसद्ले नोट अफ् डिसेन्ट, अर्थात् निर्णयमा विमति राखेको प्रदेशसभा सदस्य बैजनाथ चौधरीले जानकारी दिए ।

“संसदीय दलमा पार्टीले ह्विप लगाएपछि निर्णय मान्दिनँ भन्ने कुरा आएन,” चौधरीले बाह्रखरीसँग भने, “तर साविक लुम्बिनी अञ्चलका १४ जना माननीयको असहमति छ । उहाँहरू बुटवल राजधानी बनाउनुपर्छ भनेर लागिपर्नुभएको थियो । आफैं दाङ बनाउने प्रस्तावको पक्षमा सहमति जाहेर कसरी गर्नुहुन्छ त ?”

Prabhu Bank
Agni Group
NIC Asia

रुपन्देही १ (ख) का दधिराम न्यौपाने, गुल्मी २ (ख)का दिनेश पन्थी, पाल्पा १ (ख) नारायणप्रसाद आचार्य, रुपन्देही २ (ख)का भोजप्रसाद श्रेष्ठ, रुपन्देही १ (क) का कृष्ण न्यौपाने, गुल्मी १ (ख) का कमलराज श्रेष्ठ रहेको उनले जानकारी दिए ।
 
प्रस्तावित लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका चौधरीले प्रदेशको पार्टी कमिटीले लगेको प्रस्तावमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएको बताउँछन् ।

“लामो समयदेखि प्रदेशको स्थायी मुकाम र नाम तोक्न सकिएको थिएन । प्रदेशको राजधानीका सन्दर्भमा सत्तारूढ पार्टी नै विभाजित थियो,” उनी भन्छन्, “प्रदेशको पार्टी पनि विभाजित हुने अवस्था देखेर इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्रीले अध्यक्षद्वयलाई पत्र लेख्नुभएको थियो, दाङ तोक्नु प¥यो भनेर सुझाव पनि माग्नुभएको थियो । त्यसमा अध्यक्षद्वयले सहमति जनाउनुभयो ।”

Global Ime bank

अध्यक्षद्वयले पठाएको पत्रमा सकारात्मक जवाफ पाएपछि मुख्यमन्त्री कार्यालयले हतार नगरी प्रस्ताव संसद्मा टेबल गरेको मन्त्री चौधरी बताउँछन् । “संसदीय प्रणालीमा दलको ह्विप लाग्छ । असहमति भए पनि पार्टीको प्रस्तावमा भोट हाल्नुपर्छ,” उनी भन्छन्, “अब दाङ प्रदेशको राजधानी बन्ने पक्का भयो ।” ८७ सदस्यीय प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाइ छ । दुई तिहाइका लागि ५८ सांसद आवश्यक पर्छ । नेकपाका ६१ सांसद् छन् । सभामुखले मत नहाल्दा पनि ६० भोट प्रस्तावका पक्षमा खस्ने चौधरी बताउँछन् । 
 
कांग्रेसका पनि मास्तिरका सांसदहरूको समर्थ छ । प्रदेशसभामा उनीहरूका १९, जनता समाजवादी पार्टीको ६ र राष्ट्रि जनमोर्चाका १ सांसद रहेका छन् ।
 
विष्णु पौडेल निरिह
प्रदेशको स्थायी मुकाम तोक्ने सन्दर्भमा विष्णु पौडेलको केही सीप नचलेको उनको भनाइ  छ । “उहाँ सुरुदेखि नै रुपन्देही, बुटवलकै पक्षमा उभिनुभयो । पहिला अस्थायी मुकाम तोक्ने बेलामा पनि उहाँकै जोडबलमा बुटवलमा राखिएको हो । तर, पार्टीमा अहिले उहाँले भूमिका खेल्न सक्नुभएन । सचिवालयमा उहाँ एक्लै पर्नुभयो,” उनी भन्छन् ।

उनका अनुसार शङ्कर पोखरेलले दाङ लैजान निकै जोडबल गरे । उनलाई पूर्वमाओवादी केन्द्रका सांसद, नेता र प्रचण्ड स्वयम्ले पनि साथ दिए । ओली सकारात्मक भएपछि दाङ प्रस्ताव गर्न कुनै कठिनाइ भएन । पार्टीका नेता एकमुख भएपछि पौडेल निरिह बन्न पुगेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC