site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कात्तिकभित्रै ५७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकमार्फत सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसारको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । 

जसअनुसार केन्द्रीय बैंकले प्रथम चौमासमा ५७ अर्ब आन्तरिक ऋण उठाउने गरी लक्ष्य लिएको छ । तालिका सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले साउन ११ गते आइतबार २० अर्बको विकास ऋणपत्र बोकबोल गरेर आज निष्कासन गरेको छ । ९ वर्ष अवधि रहेको केन्द्रीय बैंकले निष्कासन गरेको उक्त ऋणपत्रमा ४८ वटा संस्थाले ९१ अर्ब ३ करोड रुपैयाँबराबरको आवेदन दिएको दिएका छन् । उक्त ऋणपत्रको भारित औसत ब्याजदर ४.७७ प्रतिशत कायम भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

नौ वर्ष अवधि उक्त ऋणपत्र ४.७७ प्रतिशत वा सोभन्दा कम ब्याज कबोल गर्ने २३ संस्थालाई निष्कासन गरिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा बैंकहरुले न्यून ब्याजदरमै ऋणपत्रमा लगानी गर्न झुमिएको देखिन्छ । गत साता मात्रै राष्ट्र बैंकले ३० अर्बको एक महिना अवधिको निक्षेप संकलन उपकरण जारी गर्दा पनि बैंकिङ प्रणालीमा १ खर्ब ८० अर्बको हाराहारीमा तरलता रहेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

चालु आर्थिक वर्षमा बजेटको स्रोत व्यवस्थापनको लागि सरकारले २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने बताउँदै संसदबाट बजेट पारित भएको थियो । सरकारको आन्तरिक ऋण नेपाल राष्ट्र बैंकले उठाउने गर्छ । जसअनुसार केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने तालिक नै सार्वजनिक गरेर ऋण उठाउन सुरु गरेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको प्रथम चौमास (साउनदेखि कात्तिक) सम्म ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । त्यस्तै  दोस्रो चौमास (मंसिरदेखि फागुनसम्म) ५६ अर्ब र तेस्रो चौमास (चैतदेखि असारसम्म) एक खर्ब १२ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ ।

Global Ime bank

 

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement