site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ युथ प्रतियोगिता स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण एसिया फुटबल महासंघ (साफ) ले २०२० का लागि साफ युथ प्रतियोगिताहरू रद्द गर्ने निर्णय गरेको छ ।
दक्षिण एसियाको वर्तमान अवस्थाको कारण जनाउँदै महासंघले बुधबार युथ प्रतियोगिता स्थगित भएको जनाएको हो । 

महासंघले आफ्ना सबै सदस्य राष्ट्रहरूसँग छलफल गरेपछि युथ प्रतियोगिता रद्द गर्ने निर्णय गरेको जनाएको छ । यसअघि २०२० का लागि महासंघले तीनवटा युथ प्रतियोगिताहरूको निर्धारित गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सबै सदस्य राष्ट्रहरूसँग जुनमा बसेको भर्चुअल बैठकमा डिसेम्बर २०२० मा कम्तिमा दुई युथ प्रतियोगिता आयोजना गर्ने सम्भावना हेर्न सेप्टेम्बरमा महामारीको स्थितिको पुनः अवलोकन गर्ने सम्झौता भयो थियो । तर, दक्षिण एसिया पछिल्लो समय संक्रमणको संख्या बढ्दै गएपछि महासंघले यस्तो निर्णय लिएको हो ।

“महासंघले अहिलेको अवस्थाका कारण २०२० का लागि तीनवटै युथ प्रतियोगिता रद्द गर्ने निर्णय गरेको छ,” महासंघले सबै संघलाई पत्र पठाएको छ । यसअघि बंगलादेशमा आयोजना हुने तय भएको साफ प्रतियोगिता २०२१ सम्मका लागि स्थगित गरिसकेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC