प्रदेशमन्‍त्री घिमिरे कोरोना संक्रमणमुक्त

प्रदेशमन्‍त्री घिमिरे कोरोना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । दोस्रोपटकको परीक्षणमा मन्त्री घिमिरेको कोरोना रिपोर्ट नेगटिभ आएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले मन्त्री घिमिरेको आज कोरोना नेगेटिभ रिपोर्ट आएको जानकारी दिएको छ । उनमा १८ दिनअघि कोरोना देखिएको थियो । 

गत भदौ १५ गते कोरोना संक्रमण भएपछि उनी मन्त्री क्‍वार्टरमै होमआइसोलेसनमा बसेका थिए । लक्ष्यण देखिएपछि गत भदौ १३ गतेदेखि नै मन्त्री घिमिरेले कार्यालय आउन र भेटघाट गर्न बन्द गरेको निजी सचिवालयले जनाएको थियो । उनलाई सामान्य रुघाखोकीबाहेक स्वास्थ्य अवस्था सामान्य बताइएको छ ।

प्रतिकृया दिनुहोस
ad