site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, आईसीयू र अक्सिजन अभाव
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमिको संखया ५० लाख नाघेको छ । कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित देशहरूको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।

अन्य देशको तुलनामा भारतमा कोभिड-१९ तीव्र गतिमा फैलिरहेको देखिएको छ । त्यहाँ मंगलबारसम्म निरन्तर पाँच दिन दैनिक ९०,००० भन्दा बढी संक्रमित फेला परेका छन् । 

कोभिड-१९ का कारणले भारतमा हालसम्म ८०,००० भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको उपचारका लागि सघन उपचारका लागि अस्पतालमा शय्या र अक्सिजनको अभाव देखिएको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संक्रमित धेरै भए पनि संक्रमणबाट मृत्यु हुनेको संख्या अन्य मुलुकभन्दा कम रहेको छ । 

देशको आर्थिक स्थिति बिग्रिन थालेको र लाखौं मानिसले जीविकोपार्जन गर्न नसकेको भन्दै सरकारले महामारी नियन्त्रणका लागि पहिला लगाइएका बन्देजहरू हटाउन थालेपछि संक्रमण दर बढेको हो । 

Global Ime bank

कोरोना संक्रमणले व्यापक रुप लिन थालेपछि भारतमा गत मार्चमा राष्ट्रव्यापी लकडाउन गरिएको थियो । त्यतिबेला स्थिति असामान्य भइसकेको थिएन । बिस्तारै मुम्बई र दिल्लीजस्ता ठूला सहर र अन्यत्र पनि संक्रमण फैलियो । संक्रमितको संख्या बढ्दै गए पनि सरकारले मानिसहरूको गतिविधिमा लगाइएका प्रतिबन्धहरू खुकुलो बनाएपछि संक्रमण दर तीव्ररुपमा बढेको हो । 

गत साता मात्र भारतमा छ लाख संक्रमित थपिएका छन् ।  विगत २४ घण्टामा ९० हजार १२३ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ५ लाख २० हजार ३५९ पुगेको छ ।

केही समययता श्वासप्रश्वासमा समस्या भएका संक्रमितको संख्या बढेपटि कृत्रिम अक्सिजनको माग पनि बढेको छ । अस्पताल र स्वास्थ्यकेन्द्रहरूले यो महिना दिनहुँजसो दुई हजार ७०० टन अक्सिजन खपत गरिरहेका छन् । अप्रिलमा केवल ७५० टन अक्सिजन खपत भएको अल इन्डिया इन्डस्ट्रियल ग्यासेस म्यानुफ्याक्चरर्स असोशीएशनले जनाएको छ । 

अक्सिजन उत्पादकहरूका अनुसार धेरै कलकारखानाहरू फेरि खुलेकाले औद्योगिक प्रयोजनका लागि पनि अक्सिजनको माग बढेको छ । धेरै संक्रमण देखिएका महाराष्ट्र, मध्य प्रदेश, गुजरात, राजस्थान, तेलांगाना र आन्ध्र प्रदेश राज्य बढी प्रभावित भएका छन् ।  - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC