site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश २ : १९ कैदीसहित ४८ कोरोना संक्रमित थपिए 
Sarbottam CementSarbottam Cement

जनकपुर । प्रदेश २ का विभिन्‍न जिल्लामा शुक्रबार ४८ जना कोरोना संक्रमित थपिएका छन् । 

सिरहा कारागारमा १९ जना र लहान नगरपालिकामा तीनजना गरी जिल्लामा २२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, बारामा एक जना, पर्सामा एक जना र सर्लाहीमा पाँच जना संक्रमित भएका छन् । शुक्रबार रौतहटमा छ र सप्तरीमा १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशमा शुक्रबार २२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेशका कुल संक्रमित ११ हजार ७१३ जनामध्ये छ हजार २६९ जना कोरोनामुक्त भइसकेका छन् भने एक सय आठ जनाको मृत्यु भएको छ ।

थप एकको मृत्यु

Global Ime bank

शुक्रबार कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । महोत्तरीको मनरासिसबा नगरपालिकाको बथनाहा घर भई हाल जनकपुर बस्दै आएका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC