site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलाडीको स्वास्थ्यमाथि राजनीति !
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण खेल क्षेत्रमा धेरै असर परेको छ । यसै क्रममा खेल क्षेत्रमा सक्रिय खेलाडीका लागि धेरै निकाय तथा खेल संघले बिमा गरिदिने घोषणा गरे ।

तर, खेल संघहरूले घोषणा गरेअनुरुप खेलाडीको बिमा गर्न भने अहिलेसम्म सक्रियता देखिएको छैन । नेपाली खेलकुदको मुख्य निकायमध्येको एक नेपाल ओलम्पिक कमिटीले पनि ओलम्पिक छनोटमा रहेका १२ खेलाडीको बिमा गरिदिने बताएको थियो ।

ओलम्पिक संघ
स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार बिमासहित पीसीआरलगायत विधिहरू अपनाएर ओलम्पिक छनोटमा भएका खेलाडीको प्रशिक्षण सुरु गराएको थियो । ओलम्पिक कमिटीले स्वास्थ्य मन्त्रालयमा प्रोटकलहरू अपनायर प्रशिक्षण गराउने बताएको थियो । ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषद्‌मार्फत मन्त्रालयमा पत्र पठायो । तर, उक्त पत्रको जवाफ नआएको ओलम्पिक कमिटी बताउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले ओलम्पिक छनोटमा रहेका खेलाडीहरूले स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार पहिलो चरणमा २१ दिनको प्रशिक्षण गराउने बताएका थियौं । राखेपमार्फत पठाएको पत्रको केही जवाफ आएन्,” नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले बाह्रखरीसँगको कुराकानीमा भने, “सरकारले भदौ पहिलो साताबाट प्रशिक्षण गर्न अनुमति दियो । त्यसपछि त्यो कुराको फलोअप भने भएन । अहिले पुन: अवस्था गम्भीर बन्दै गयो हामीले यो विषयलाई यतिकै थाती राख्यौं ।”
 
श्रेष्ठले भने अनुसार मन्त्रलयबाट पत्र नआए पनि ओलम्पिक छनोटमा रहेका खेलाडीहरूको प्रशिक्षण भयो । तर, खेलाडीहरूको न त पीसीआर परीक्षण न कोरोना बिमा नै भयो । 

ओलम्पिक छनोटअन्तर्गत करातेका खेलाडीहरूले करिब एक महिना प्रशिक्षण गरे । लामो समय घरमा बसेर प्रशिक्षण सुरु गरेका उनीहरूको प्रशिक्षण थाल्नुपूर्व पीसीआर परीक्षण पनि भएन । कोरोना बिमाको विषयमा झनै कुरा पनि उठेन ।
 
“हामीहरू सीधै प्रशिक्षणमा फर्कियौं । प्रशिक्षणमा हुँदा पीसीआर परीक्षण हुने कुरा चलेको थियो । कोरोना बिमा हुने कुरा पनि चलेको थियो । तर, एक महिना प्रशिक्षण गर्दा न पीसीआर परीक्षण भयो नत कोरोना बिमा नै,” ओलम्पिक छनोटअन्तर्गत करातेको प्रशिक्षण गरेका खेलाडी अनु अधिकारी र नवीन रसाइलीले बाह्रखरीलाई भने ।

Global Ime bank

क्यान 
यता नेपाल क्रिकेट एसोसियसन (क्यान) ले पनि राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको कोरोना बिमा गर्ने बताएको थियो । 

घोषणा भएको लामो समय बित्दा पनि हालसम्म क्यानले खेलाडीहरूको कोरोना बिमा भने गरेको छैन । भदौ १ देखि हुने भनिएको प्रशिक्षण सुरु नहुँदा कोरोनाको बिमाको विषय रोकिएको भन्दै टारेको छ । 

क्यानलगायत धेरै खेल संघ लकडाउनको समयमा यसै निष्क्रिय छन् । अरू बेला पनि सक्रिय नहुने संघहरूलाई कोरोना र लकडाउन काम टार्ने बहाना बनेको छ ।

“भदौ १ देखि नेपाल सरकारले खेलाडीहरूको प्रशिक्षणका लागि अनुमति दिएको थियो । खेलाडीहरू प्रशिक्षणमा फर्किसकेपछि मात्र कोरोनाको बिमा गर्ने भन्ने भएको थियो । अब खेलाडीहरूको प्रशिक्षण पनि रोकियो बिमाको कुरा पनि हामीले यही रोकेका छौं,” क्यानका सचिव अशोकनाथ प्याकुरेलले बाह्रखरीसँगको कुराकानीमा भने । 

बक्सिङ
यता राखेपबाट स्वास्थ्य प्रोटोकलअनुसार प्रशिक्षण गर्ने भनेको बक्सिङ संघले पनि न खेलाडीको पीसीआर परिक्षण गर्‍यो न त कोरोना बिमा नै गर्‍यो । खेलाडीको प्रशिक्षण भने दुई सातासम्म जारी रह्‍यो । तर, नेपाल बाक्सिङ संघका अध्यक्ष राम अवाले भने खेलाडीको पीसीआर परीक्षण भएको बताउँछन् । प्रोटोकलअनुसार खेलाडीको बिमा भने नभएको उनको स्वीकारोक्ति छ ।

“राखेपको निर्देशनअनुसार हामीले प्रशिक्षण सुरु गरेका थियौं । खेलाडीको पीसीआर गरेका थियौं । बिमा भने गरेनौं । केही दिन प्रशिक्षण गराएर कोरोनाको महामारीले ठूलो रुप लिँदा स्थगित गर्न पुग्यौं,” अवालेले बाह्रखरीसँग भने । 

यता खेलाडीहरू आफूहरूको पीसीआर परीक्षण नभएरै प्रशिक्षण सुरु गरेको बताउँछन् । बीचको केही दिन पीसीआर परीक्षण गर्ने कुरा चल्दा खेलाडीलाई राख्‍ने होस्टेल या कुनै होटेलको व्यवस्था नभएका कारण पीसीआर परीक्षण हुन नसकेको उनीहरू बताउँछन् ।

“दुई साता प्रशिक्षण भयो । प्रशिक्षणका दौरान पीसीआर परीक्षण भने भएन । एकताका परीक्षण गर्ने कुरा चलेको थियो । खेलाडीहरू बस्ने होस्टेल वा कुनै होटेलको व्यवस्था नहुँदा हुन सकेन । अहिले फेरि प्रशिक्षण स्थगित भइसकेको छ,” प्रशिक्षणमा सहभागी खेलाडी शनिल शाही र सुश्मा तामाङले भने । 

नेपाली कांग्रेसको खेलकुद विभाग
यता नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पनि ओलम्पिक छनोट खेलिरहेका खेलाडीहरूको कोरोना बिमा गर्ने घोषणा गरेको थियो । विभागले घोषणा गरेअनुरुप कोरोना बिमा गरेको बताएको छ । विभागले कोरोना बिमा साउन २७ देखि लागु हुने गरी गरेको जनाएको छ । सकेको बताएको छ । 

“कोरोनाको बिमा २३ गते घोषणा गर्ने भन्‍ने भएको थियो । पितृशोकले त्यो सफल हुन सकेन । खेलाडीहरूको बिमा भएको छ । यही २७ गतेदेखि लागु पनि भइसकेको छ । मात्र घोषणा हुन बाँकी हो । अहिले खेलाडी र प्रशिक्षकसहित १८ जनाको बिमा गरेका छौ,” नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका संयोजक मोहन बस्‍नेतले बाह्रखरीलाई बताए ।

यता ओलम्पिक छनोटमा रहेका खेलाडीहरू भने विभागले कोरोनाको बिमा गर्ने भनको सुनेको तर, आजसम्म जानकारीमा नआएको बताउँछन् ।

अरूको अर्थिक सहयोगबाट भलिबल खेलाडीको बिमा 
भर्खरै मात्र सागका राष्ट्रिय महिला तथा पुरुष खेलाडीको कोरोना बिमा गरिने लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रस्टले एक विज्ञप्तिमार्फत जानकारी दियो । नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीले पनि भर्खरै मात्र कोरोनाको बिमा गर्ने अवसर पाए ।

राष्ट्रिय खेल भलिबलले पनि खेलाडीको बिमा गर्न आर्थिक सहयोग अरूले गरिदिनुपर्ने अवस्था आयो । 

भर्खरै सक्रिय बनेको तेक्‍वान्दो संघ 
यता नेपाल तेक्‍वान्दो एसोसियसनले खेलाडीको कोरोना बिमाका लागि कागजपत्र संकलन गर्दै छ । हालसम्म चुपचाप बसेको तेक्‍वान्दो संघ भर्खरै मात्र खेलाडीको बिमाको विषयमा सक्रियता देखाएको हो ।

खेलाडीको बिमा चाँडै गर्छौं : नेपाल बक्सिङ संघ
नेपाल बक्सिङ संघले पनि खेलाडीको कोरोना बिमाको विषयअघि बढाउने जानकारी दिएको छ । संघका अध्यक्ष राम अवालेले चाँडै खेलाडीको कोरोना बिमा गर्ने बताएका छन् ।

उसो त खेलाडीको बिमामा खेल संघले सामान्य विषय आँक्लान् । तर, खेलाडीको स्वास्थ्यसँग सम्बन्धित कुरा सामान्य भने होइन ।

फाइल तस्बिर : बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement