site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रशंसकको प्रश्नको जवाफमा अमिताभ भन्छन्–अब मेरो ‘जब’ पक्का
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना भाइरसलाई पराजित गरेर घर फर्किएका मेगास्टार अमिताभ बच्चनलाई उनका प्रशंसकले ‘वैकल्पिक रोजगारी’को सुझाव दिएका छन् ।

प्रशंसकले दिएको वैकल्पिक रोजगारीको सुझावबारे ब्लगमा समेट्दै उनले लेखेका छन्, “अब मेरो जब पक्का भएको छ ।” कोरोनाको महामारीबीच महराष्ट्र सरकारले ६५ वर्षभन्दा माथि उमेर समूहका कलाकार चलचित्र र टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि जान रोक लगाएको छ । महाराष्ट्र सरकारको यही निर्देशनलाई अनुसरण गरेर अमिताभले बेरोजगार हुने चिन्त्ता व्यक्त गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि शुक्रबार बम्बे उच्च अदालतले महराष्ट्रको उक्त निर्णय भेदभावपूर्ण भएको भनेको छ । अमिताभको यही चिन्तालाई मध्यनजर गर्दै हालै उनका एक प्रशंसकले उनलाई वैकल्पिक रोजगरीको सुझाव दिएका थिए । 

अमिताभले ब्लगमा प्रशंसकले पठाएको पूरै पत्र समावेश गरेका छन् । प्रशंसकले लेखेका छन्, “यदि तपाई स्थायी काम गर्न चाहनुहुन्छ भने हामी तपाईंलाई शान्तिको पसल खोल्न सल्लाह दिन्छौं, तपाईं शान्ति बेच्‍नुहोस्, जुन कहिले पनि घाटामा जाँदैन ।” (नवभारत टाइम्स)

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC